विश्व एड्स दिवसमा सांगीतिक कार्यक्रम(फोटोफिचर)

धरान । एचआइभीको संक्रमणलाई शुन्यमा पुर्याउन विभिन्न सन्देशमुलक कार्यक्रम आयोजना गर्दै आइतबार साँझ धरानमा भव्यरुपमा २६ औं विश्व एड्स दिवस मनाइएको छ ।
भानुचौकमा आयोजित कार्यक्रममा दिप प्रज्वलनका साथै चेतनामुलक नाटक र सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । नगरपालिकाका समाज विकास अधिकृत सुनिल नेपाल र धरान पोजेटिभ ग्रुपका अध्यक्ष नरेशलाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा धरान १५ को फुलबारी आमा समुहले नाटकमार्फत एचआइभी संक्रमण हुनबाट जोगिन सबैलाई आग्रह गरेका थिए । असुरक्षित यौन सम्पर्क नगर्न, संक्रमित व्यक्तिहरुलाई घृणा नगर्न पनि आमा समुहले नाटकमार्फत सन्देश छरे । यस्तै चेतनामुलक नाटक रोक्ट्रयाक्ट क्लब अफ धरान घोपाले पनि प्रस्तुत गर्यो । कार्यक्रम नगरस्तरीय एड्स समन्वय समितिले आयोजना गरेको थियो । समितिमा विभिन्न २० वटा संघसंस्थाहरु आवद्ध छन् ।
कार्यक्रममा धरानको चर्चित ब्याण्ड आउटसाइडर्सले पनि एचआइभि संक्रमणबाट सुरक्षित हुन आग्रह गर्दै सांगीतिक प्रस्तुती दिएको थियो । ब्याण्डका गायक डिल्ली फोम्बोले पल्ला घरका.., मै नाचे छमछमी.., आउछु भनेर..अचम्मै भो.., हम है वो..लगायत गीत गाएर चिसो मौषमलाई तताए भने एचआइभी÷एड्सको संक्रमण हुनबाट जोगिन पनि आग्रह गरिरहे । कार्यक्रमका उद्घोषकद्धय सुदिप यल्मो र कमला गुरुङले पनि कार्यक्रम अवधिभर संक्रमितहरुलाई माया गर्न, जथाभावी यौन सम्पर्क नगर्न र कण्डम प्रयोग गर्न आग्रह गरेका थिए ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे