मोवाइल खोसेको निहुमा छुरा प्रहार हुँदा मृत्यु


धरान । मोवाइल खोसेको निहुँमा भएको झगडामा छुरा प्रहारबाट धरानका एक युवकले ज्यान गुमाएका छन् ।
सोमबार साँझ एकआपसमा भएको झगडामा छुरा प्रहारबाट धरान १३ का ३० बर्षीय शम्भु सुनुवारको मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएका सुनुवारलाई प्रहरीले तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपनि ज्यान बच्न सकेन । उनको हत्यामा संलग्नलाई प्रहरीले सोमबार राती नै सानो ढ्याबु भन्ने मिलन सुनुवार र हाकु काले भन्ने राज श्रेष्ठलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का ठुलो ढ्याबु भन्ने सानु सुनुवार फरार रहेको र खोजी तीब्र पारिएको इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई मंगलबार सार्वजनिक गर्दै डिएसपी थापाले कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार मृतक र अभियुक्तहरु सबै सँगै हिड्ने, खाने गरेको देखिएको र सबै अपराधिक गतिविधिमा संलग्न थिए । ‘सबैको प्रहरी रेडर्क हेर्दा सबै अपराधिक गतिविधिमा रहेको देखियो, त्यो साँझमा भने उनीहरुबीच मोवाइलको बिषयमा झगडा भएको रहेछ’–डिएसपी थापाले भने । प्रहरीका अनुसार पक्राउ परेका मिलन र फरार रहेका सानु दाजुभाई हुन् । झगडाको क्रममा मृतकलाई मिलन सुनुवारले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटना विवरण अनुसार सानु सुनुवारले आफ्नो मोवाइल एक हजारमा बिक्री गर्न भनेर राज श्रेष्ठलाई जिम्मा लगाएका थिए । उक्त मोवाइल राजको साथबाट शम्भु सुनुवारले खोसेर लगेका थिए । त्यही मोवाइल फिर्ता माग्न पुगेको बेला उल्टै शुम्भुले कुटपिट गर्न थालेपछि मिलनले छुरा प्रहार गरेका थिए । ‘मोवाइल फिर्ता माग्दा शुम्भुले नै कुट्न थालेपछि मिलनले छुरा प्रहार गरेको रहेछ, खबर पाउन साथ घटनस्थलमा पुगेर उनलाई अस्पताल पुर्याएपनि बच्न सकेनन्’–डिएसपी थापाले भने । घटनालगत्तै अभियुक्तहरु धरान १४ स्थित पाँचकन्या जंगलतर्फ भागेका थिए । प्रहरीले चारैतर्फबाट घेरावन्दी गरेपछि भने उनीहरु भाग्दै घरतर्फ आउदा समातिएका थिए । घटनामा प्रयोग भएको छुरालाई पनि प्रहरीले मिलनको घर नजिकैबाट वरामद गरेको थियो ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे