न्यु इयर इभमा धराने युवायुवतीको मस्ती(फोटोफिचर)


 अंग्रेजी बर्ष २०१३ को विदाईसँगै नयाँ बर्ष २०१४ को स्वागतमा मंगलबार राती धरान ८ स्थित होटल कञ्चनजंघामा भव्यरुपमा टुबर्ग स्टेज न्यु इयर इभ डान्स पार्टी आयोजना भयो । Fervour Group Dharan ले आयोजना गरेको पार्टीमा डिजे लाक्पा र डिजे याक्खाको डिजेइङमा सयौं धराने युवायुवतीहरु झुमेका थिए । पुषको कठ्याग्रिदो जाडो भएप्नि नयाँ बर्षको स्वागतमा मस्ती गर्न धराने युवायुवतीहरुलाई कहाँ छेक्थ्यो र ? राती ८ बज्नु अघिदेखि नै उनीहरु होटल कञ्चनजंघाको डान्स पार्टीस्थलमा भेला भइसकेका थिए ।
 उनीहरुलाई दुवै डिजेले विभिन्न हिन्दी तथा अंग्रेजी रिमिक्स गीतहरुमा डिजेइङ गर्दै खुब नचाए । युवायुवतीहरु पनि मध्यरातसम्म मस्तसँग झुमे, नाचे र नयाँ बर्षलाई भव्यतापूर्वक स्वागत गरे । मोहन काक्सले सपोर्ट गरेको उक्त कार्यक्रममा सृजा राई Host थिइन् । मनोरञ्जन गर्न त धरानेहरुलाई कुनै न कुनै वहाना मात्रै न चाहिन्छ । चाहे साकेला होस वा चासोक तङनाम, क्रिसमस होस नयाँ बर्ष । सबै अवसरमा हुने कन्सर्ट, डान्स पार्टी वा सास्ँकृतिक कार्यक्रमहरुमा यहाँका युवायुवतीहरु छुट्दैनन् ।


















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे