नाइजेरियाको डंगोटे ग्रुपले सिमेन्टमा ५६ अर्ब लगानी गर्ने


नाइजेरियाको डंगोटे ग्रुपका ग्रुप जेनरल म्योजनर हिक्मतबहादुर थापा मंगलबार धरानमा ।

धरान । नेपालमा सिमेन्ट उद्योगमा लगानी गर्न इच्छुक नाइजेरियाको व्यापारीक घराना डंगोटे ग्रुपले तीन जिल्लामा केन्द्रीत रहेर सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ ।
अफ्रिका महादेशको ठुलो मध्येको एक व्यापारीक घराना डांगोटे ग्रुपले दाङ, धादिङ र मकवानपुर जिल्लामा सिमेन्ट उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन भइरहेको जनाएको छ । डंगोटे ग्रुपका जेनरल मेनेजर रहेका हिक्मत बहादुर थापाका अनुसार ग्रुपको विभिन्न टोलीले यी जिल्लालाई केन्द्रीत गरेर विगत एक बर्षदेखि नै अध्ययन गरिरहेको थियो । थापा गैरआवासिय नेपाली महासंघका अफ्रिका महादेशको क्षेत्रीय संयोजकसमेत हुन् । ‘मुख्य तीन जिल्लमा केन्द्रीत भएका छौं, एक बर्षदेखि नै इञ्जिनियरिङ, खनिजलगायत प्राविधिक टोली आएर स्थलगतरुपमा सम्भाव्यता अध्ययन भइरहेको छ’–मंगलबार धरानमा पत्रकारहरुसँग थापाले भने । उनका अनुसार सोमबार मात्रै पनि ग्रुपको एक टोली नेपाल आएर लगानी सम्बन्धमा अर्थमन्त्री, मुख्यसचिव, लगानी बोर्डलगायत निकायसँग छलफल गरेको थियो ।
नेपालमा सिमेन्ट उद्योगमा लगानी गर्न इच्छाएको यो ग्रुपलाई लगानी बोर्डले स्वीकृति दिइसकेको छ । यो ग्रुपले ५ सय ५० मिलियन अमेरिकी डलर(करिब ५६ अर्ब रुपैया) नेपालमा लगानी गर्नेछ । नाइजेरियाको यो व्यावसायिक घराना अफ्रिका महादेशमा सिमेन्टमा लगानी गर्ने सबैभन्दा ठुलो हो । सिमेन्टबाहेक पेट्रोलियम पदार्थ, खाद्य पदार्थलगायत विभिन्न क्षेत्रमा यसको लगानी छ । हाल कम्पनी दर्ता, कर, वातावरणीय प्रभाव बिषयका अन्य प्रक्रियाहरु भइरहेको थापाले बताए । ‘कम्पनी दर्ताको लागि निवेदन दिइसकेका छौं, अन्य प्रक्रियाहरु पनि जारी छ’–उनले थपे–‘नेपालमा पनि सिमेन्टमा लगानी अहिलेसम्मकै ठुलो हुनेछ ।’
डंगोटेको लगानीमा सञ्चालन आउने उद्योगमा एकैदिन ६ हजार टन उत्पादन हुने क्षमताको प्लान्ट स्थापना हुनेछ । यो प्लान्ट हाल सञ्चालनमा रहेका सिमन्ट उद्योगहरुको क्षमता भन्दा ८ गुणा बढी हुने थापाको भनाई छ । उद्योग सञ्चालन पछि ठुलो जनसंख्यामा रोजगारीको अवसर पनि खुल्ने उनले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे