इष्र्टन ओपनमा पहिलो दिन पाँच खेलाडी अग्रस्थानमा

धरान । सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन १८ होलको खेल सकिदा समान अंकका साथ पाँच खेलाडी शिर्षस्थानमा रहेका छन् ।
निर्वाणा कन्ट्री क्लबस्थित पार ७० को कोर्षमा साविक विजेता रवि खड्का सहित स्थानीय गल्फर सुमन राई, रमेश अधिकारी, दिपक थापा मगर र सञ्जय लामा समान एक ओभर ७१ स्कोरका साथ संयुक्तरुपमा अग्रता कायम राखेका छन् । साविक विजेता खड्काले फ्रन्ट नाइनमा ३ बुगी र एक मात्र बर्डी खेले । फ्रन्ट नाइनमा उनले पहिलो होलमा बुगी खेपे पनि दोस्रो होलमा बर्डी खेलेका थिए । यस्तै, चौथो र नवौं होलमा पनि उनले बुगी खेप्दै फ्रन्ट नाइनमा २ ओभर ३७ को कार्ड बनाए । ब्याक नाइनमा पनि १० औं होलमा पनि बुगी खेलेर शुरुवात गरेका खड्काले १३ औं होलमा पनि बुगी खेपे । तर, १२ औं, १४ औं र १७ औं होलमा बर्डी खेल्दै खड्काले ब्याक नाइन १ अण्डर ३४ को कार्ड बनाएका थिए ।
यसैगरि, स्थानीय गल्फर सुमन राईले फ्रन्ट नाइन इभन पारको बार्ड बनाउदै एक बर्डी र एक बुगी खेले । उनले पहिलो होलमा बुगी खेपेका थिए भने ५ औं होलमा बर्डी खेलेका थिए । ब्याक नाइनमा भने सुमनले २ बर्डी र ३ बुगीको खेलेर एक ओभर ३६ को कार्ड बनाए । उनले १० औं, १५ औं र १७ औं होलमा बुगी खेपे भने १४ औं र १८ औं होलमा मात्रै बर्डी खेले । यस्तै, अग्रस्थानमा रहेका रमेश अधिकारीले फ्रन्ट नाइनमा २ बुगी र एक बर्डी खेल्दै एक अण्डर ३४ को कार्ड बनाएका थिए । उनले पहिलो र दोस्रो होलमा बर्डी खेलेका थिए भने चौथो होलमा बुगी खेपेका थिए । यस्तै, ब्याक नाइनमा २ ओभर ३७ को कार्ड बनाउने क्रममा उनले १३ औं, १४ औं र १७ औं होलमा बुगी खेपे भने १२ होलमा मात्रै बर्डी खेले ।


यसैगरी, अग्रस्थानमा रहेका अर्का खेलाडी दिपक थापा मगरले फ्रन्ट नाइनमा एक अण्डर ३४ को कार्ड बनाउने क्रममा दुई बर्डी र एक बुगी खेलेका थिए । उनले पाँचौं र छैटौं होलमा बर्डी खेलेका थिए भने सातौं होलमा बुगी खेपेका थिए । यस्तै, ब्याक नाइनमा २ ओभर ३७ को कार्ड बनाएका उनले १४ औं र १७ औं होलमा बुगी खेपेका थिए । अग्रस्थानमा रहेका अर्का खेलाडी सञ्जय थापाले पनि फ्रन्ट नाइनमा एक अण्डर ३४ को कार्ड बनाउने क्रममा पहिलो र छौटौं होलमा बर्डी खेले भने पाँचौं होलमा बुगी खेपे । यस्तै, ब्याक नाइनमा २ ओभर ३७ को कार्ड बनाउदै उनले १० औं होलमा बुगी र १७ औं होलमा डबल बुगी खेपे । यस्तै, उनले १३ औं र १६ औं होलमा बर्डी खेलेका थिए ।
यसैगरि, समान २ ओभर ७२ स्कोर बनाएका सविन सापकोटा र राम थापा संयुक्तरुपमा छैटौ स्थानमा छन् भने समान ४ ओभर ७४ स्कोर गरेका थामबहादुर राई र मणि राई संयुक्तरुपमा आठौं स्थानमा छन् । यस्तै, समान ५ ओभर ७५ स्कोर गरेका रामकृष्ण श्रेष्ठ र देवराज पाख्रिन समान १० औं स्थानमा छन् । एमेच्योरतर्फ भने पहिलो दिन ५ ओभर ७५ को कार्ड बनाएका बबिन्द्र राई अग्रस्थानमा छन् भने ७ ओभर ७७ स्कोरको कार्ड बनाएका दिनेश प्रजापति पहिलो दिनको खेल सकिदा दोस्रो स्थानमा र ८ ओभर ७८ को कार्ड बनाएका पुर्ण लिम्बू एमेच्योरतर्फ तेस्रो स्थानमा छन् ।
कुल ५ लाख १४ हजार २ सय ५० रुपैया पुरस्कार राशी रहेको प्रतियोगितामा २८ जना प्रोफेसनल र १९ जना एमेच्योर खेलाडीहरुले भाग लिएको छ । दोस्रो दिनको खेल प्रर्दशनको आधारमा उत्कृष्ट २१ मा पर्ने गल्फरहरुले मात्रै तेस्रो र चौथो दिनको खेल खेल्न पाउनेछन् । प्रतियोगिताको विजेताले ९५ हजार पाउनेछन् भने दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६० हजार र ४४ हजार हात पार्नेछन् । प्रतियोगिताको २१ औं स्थानसम्म रहने खेलाडीहरुले नगद पुरस्कार पाउने आयोजन नेपाल प्रोफेस्नल गल्फ एशोसिएशनले जनाएको छ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे