लागुऔषध प्रयोगकर्ताको सहयोगमा डिलर पक्राउ

मोवाइलमा परिचित आवाज बोलेपछि सविनले भने: 'हो ।"
उताबाट फेरि आवाज आयो: 'चार्ज छ होइन ? तुरुन्त भेटौ है त ।"
दुवैले कहाँ भेट्ने भनेर सल्लाह मिलाए । धरान १६ का सविन राई आफ्नो साथमा चार्ज अर्थात लागुऔषध बोकेर तोकिएको स्थानमा पुगे । उनीहरु एकआपसमा लागुऔषधलाई चार्ज भन्दा रहेछन् । तर, उनले त्यहाँ परिचित व्यक्ति भेटेनन्, उल्टै उनी प्रहरीको फन्दामा परे । केही समययता लागुऔषध कारोबारविरुद्ध अभियान छेडेको प्रहरीले यही तरिका अपनाएर अर्का कारोबारी धरान १९ का दिनेश लिम्बुलाई पनि समाउन सफल भए । दुवैको साथबाट प्रहरीले ५७ एम्पुल नोरोजैसिक, ५७ एम्पुल एभिल र ५७ एम्पुल डाइजेपाम वरामद गर्यो । धरानमा लागुऔषधको डिलरकोरुपमा काम गरिरहेका सविन र दिनेश दुवै प्रयोगकर्ता पनि भएको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । ‘उनीहरु आफै डिलर पनि हुन् र प्रयोगकर्ता पनि ।’–डिएसपी थापाले भने ।

Comments
Post a Comment