सेछले ल्यायो पौषे औशीको लागि श्राद्ध प्याकेज


धरान । पौषे औशीको दिन सुनसरीको विष्णुपादुका मन्दिरमा लाग्ने श्राद्ध मेलालाई लक्षित गरेर धरानको पर्यटनमुखी संस्था सेछ ट्राभलिङले श्राद्ध प्याकेज ल्याएको छ ।
पौषे औशीको दिन आफ्ना मृतक पितापुर्खाहरुको श्राद्ध गर्न आउने तीथालुहरुलाई सुविधा दिने उद्देश्यले यो प्याकेज ल्याएको सेछले जनाएको छ । हरेक बर्ष पौषे औशीको दिन विष्णुपादुका मन्दिरमा ठुलो श्राद्ध मेला लाग्ने गरेको छ । यो बर्ष पुष १७ गते पौषे औशी परेको छ । विष्णुपादुकामा पिण्ड तर्पण गरेर सेलाउदा मात्रै मृतक आत्मालाई मुक्ति मिल्ने पौराणिक कथन भएकोले यहाँ श्राद्ध गर्न आउनेहरुको घुइचो लाग्छ । तिनै श्रद्धालुहरुलाई सेवा,सुविधा पुर्याउन सेछले विष्णुपादुका मन्दिर व्यावस्थापन समितिसँग समन्वय गरेर श्राद्ध प्याकेज ल्याएको हो ।
‘पौषे औशीको दिन नेपाल र भारतबाट पनि हजारौं तीर्थालुहरु आउछन्, उहाँहरुलाई कुनै झञ्झट नहोस् भन्ने उद्देश्य राखेर नै हामीले यो प्याकेज तयार गरेका हौं’–सेछकी प्रबन्ध निर्देशक एलिना मगरले भनिन्–‘श्राद्ध गर्न केही ल्याउनु पदैन, ब्राह्मणदेखि पिण्ड, दक्षिणासम्म हामी नै व्यवस्था गरिदिन्छौं ।’ उनका अनुसार प्याकेजअन्र्तगत सहभागी हुने व्यक्तिले एउटा श्राद्ध र दुई व्यक्ति बराबर दुई हजार ५ सय मात्रै शुल्क लाग्नेछ । उक्त शुल्कमा धरानबाट मन्दिरसम्म आउने जाने यातायातको सुविधा, खाना, ब्राह्मण र ब्राह्मणको लागि दक्षिणासमेत सेछले नै उपलब्ध गराउनेछ । ‘यो प्याकेजमा श्राद्ध मेला आउनु हुने तीथालुले कुनै पनि सामान बोकिरहनुपदैन, बाह्मण नपाइला कि भन्ने चिन्ता पनि लिनुपदैन’–उनले थपिन् । प्रत्येक श्राद्धकर्तालाई अलगअलग ब्राह्मण उपलब्ध गराउने उनले बताइन् । यी सबै कार्यका लागि विजयपुर आध्यात्मिक मञ्च धरानले संयोजन गर्नेछ ।
धरानको छिमेकी गाविस विष्णुपादुकामा अवस्थित मन्दिरमा श्राद्ध नगरी भारतको गयामा श्राद्ध गरेपनि पितृहरु मुक्त नहुने स्कन्धपुराणको हिमवत खण्डमा उल्लेख छ । यही पुराणको कथनको कारण हिन्दू धर्मावलम्बीहरु विष्णुपादुकामा श्राद्ध गर्न आउछन् । तर, व्यवस्थितरुपमा सेवा, सविधाहरु नपाउदा धेरै व्यक्तिहरू श्राद्ध गर्ने रहर भएर पनि त्यहा“ पुग्न नसकिरहेको सेछका निर्देशक वासुदेव वराल बताउछन् । ‘यहाँ राम्रो सेवा, सुविधा दिने हो भने पौषे औशाीको दिनमा मात्रै होइन, बर्षैभरि श्राद्ध गर्न तीर्थालुहरु आउने प्रबल सम्भावना छ, यसले यो क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ’–निर्देशक वरालले भने–‘किनभने, स्कन्धपुराणको हिमवत खण्डमा नै श्राद्धको लागि यो ठाउँ अतिउत्तम भन्ने उल्लेख छ, यसले गर्दा बर्षेनी यहाँ हजारौं तीर्थालुहरु आउने गरेको हो ।’
हिन्दुधर्मावलम्बीहरु पितृ श्राद्धको लागि नेपालबाट पनि भारतको गया, बद्रीनाथतिर जाने गर्थे । तर, पछिल्लो कालमा भने भारततिरबाट पनि तीर्थालुहरु विष्णुपादुका मन्दिरमा आउने गरेका छन् । अझै सुविधा एवं पूर्वाधार थपिने हो भने पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने पर्यटन व्यावसायीहरुको भनाई छ । सुविधा पाएमा आफुलाई आधुनिक ठान्ने व्यक्तिहरु पनि पितृहरुप्रति श्रद्धा व्यक्त गर्न यहाँ आउने बरालले बताए ।


                             सेछ ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगर ।

Comments

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे