होटल एशोसिएशन अफ धरानमा नयाँ नेतृत्व



धरान । यहाँका होटल व्यावसायीहरुको साझा संगठन होटल एशोसिएशन अफ धरानको अध्यक्षता सुवर्ण श्रेष्ठ चयन भएका छन् । एशोसिएशनको बिहिबार अबेर राती सम्पन्न आठौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
          नवनिर्वाचित समितिमा निवर्तमान अध्यक्ष महेश श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सरोज भटराई, उपाध्यक्ष दिपक शाक्य, महासचिव उमेश मास्के, सचिव श्याम पोख्रेल र कोषाध्यक्ष कल्पना लिम्बू रहेका छन् । यस्तै, जनसम्पर्क अधिकारी दिलु वनेम छिन् भने कार्यकारीणी सदस्यहरुमा उत्तम आले, छत्र उसुक, सचेन्द्र राई, शारदा राई, लोकेन्द्र श्रेष्ठ, इन्दिरा राई, मदन कार्की र पदम विशंखे छन् । कार्यसमितिको अध्यक्षीय सल्लाहकारमा पूर्वअध्यक्ष प्रमेश श्रेष्ठ रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई बिहिबार राती नै पदस्थापन पनि गरिएको थियो ।
  नवनिर्वाचित कार्यसमितिले धरानमा सञ्चालित होटलको स्तर सुधार्न र पर्यटक भित्र्याउन सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ । धरानभित्रका साना होटलहरुलाई पनि आफुमा आवद्ध गराउने र स्तर सुधारको पहल गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । भावी योजना प्रस्तुत गर्दै उनले धरानक्षेत्रका साना होटल व्यावसायीहरुलाई पनि संघमा आवद्ध गराउने बताए । पर्यटकहरु भित्रिएमा होटलहरुको स्तर आफै वृद्धि हुने भन्दै उनले पर्यटकको आगमन बढाउन अभियान नै शुरु गर्ने घोषणा गरे ।
‘साना होटल व्यावसायीहरुलाई पनि आवद्ध गराउनेछौं, र स्टर सुधार्न सक्दो पहल गछौं’–नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भने–‘पर्यटक भित्र्याउने हो भने होटलहरुको सेवा र स्तर आफै बढ्छ, त्यसैले कसरी बढीभन्दा बढी पर्यटक ल्याउने भनेर अभियान नै थाल्छौं ।’ अध्यक्ष श्रेष्ठका अनुसार माघ तेस्रो साता धरानमा सडक उत्सव आयोजना गरिने छ भने घुम्न जाउँ धरान भन्ने नारा दिएर पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म पर्यटन प्रर्वद्धनको अभियान पनि शुरु गरिनेछ । ‘पर्यटन व्यावसायको महत्वपुर्ण अंग होटल व्यावसाय पनि हो, त्यसैले हामी पनि पर्यटन प्रर्वद्धनमा जुट्नेछौं’–उनले भने । यसको लागि सरोकारवाला निकायहरु, प्रहरी प्रशासनसँग पनि हातेमाले गरेर अघि बढ्ने उनले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे