ठुलो परिमाणमा लागुऔषधसहित एक कारोबारी पक्राउ


             मंगलबार लागुऔषधसहित समातिएका अमित शाहीलाई सार्वजनिक गर्दै प्रहरी ।

धरान । लागुऔषध कारोबारविरुद्ध अभियान चलाएको प्रहरीले मंगलबार धरानबाट पुनः एक डिलर पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयले धरान १५ का अमित शाहीलाई मंगलबार दिउँसो ठुलो मरिमाणको लागुऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट ९५ सेट डाइजिपाम, एभिल र नरजेसिक वरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ लगत्तै सार्वजनिक गर्दै प्रहरी निरीक्षक मुकुन्द रिजालले अनुसन्धान शुरु गरिसकेको र उनको समुहको खोजीमा जुटेको बताए । ‘धरानको प्रमुख समस्या रहेको लागुऔषधलाई जरैबाट उखेल्ने हाम्रो लक्ष्य छ, त्यसैले कारोबारीको पहिचान गर्दै समाउने अभियानमा छौं’–प्रहरी निरीक्षक रिजालले भने ।
शाहीलाई प्रहरीले धरान १५ स्थित वगरकोट क्षेत्रबाट दिउसो अढाई बजेतिर पक्राउ गरेको थियो । शंका लागेर खानतलासी गर्दा झोलामा सिलप्याक अवस्थामा लागुऔषध भेटिएको अर्का प्रहरी निरीक्षक ओमप्रकाश खनालले बताए । दुई दिनअघि मात्रै पनि प्रहरीले धरान १९का इल्जु राई र प्रकाश लिम्बूलाई ४१ सेट डाइजिपाम, एभिल र नरजेसिकसहित पक्राउ गरेको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे