इष्र्टन ओपनमा देवराजको एक्लो अग्रता

धरान । स्थानीय गल्फर देवराज पाख्रिन सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन ३६ होलको खेल सकिदासम्म एक्लै शीर्ष स्थानमा रहन सफल भएका छन् ।
दोस्रो दिन बिहिबार २ अण्डर ६८ को उत्कृष्ट कार्ड बनाएका पाख्रिनले कुल ३ ओभर १४३ स्कोर गर्दै शीर्ष स्थानमा उक्लिएका हुन् । अघिल्लो दिन भने उनी ५ ओभर ७५ को कार्ड बनाउदै १० औं स्थानमा थिए । दोस्रो दिन पाख्रिनले फ्रन्ट नाइनमा २ अण्डर ३३ को उत्कृष्ट कार्ड बनाएका थिए । उनले दोस्रो, चौथो र  पाँचौं होलमा बर्डिज गरे भने औठौं होलमा बुगी खेपेका थिए । यस्तै, ब्याक नाइन लेभल पार खेल्ने क्रममा उनले पार ५ को १२ औं होलमा डबल बुगी खेपे पनि पार ४ को १४ औं होलमा इगल खेले । दोस्रो दिनको खेलमा ड्राइभ सट नै राम्रो भएको प्रतिक्रिया दिदै पाख्रिनले समग्रमा राम्रो खेलेको बताए । ड्राइभ नै फेरेको कारणले पनि राम्रो खेल भएको उनको भनाई थियो । ‘ड्राइभ पनि फेरेको थिएँ, ड्राइभ पनि एकदमै राम्रो भयो । भोली पनि यस्तै खेल्ने प्रयास गर्नेछुँ’–पाख्रिनले भने ।
यस्तै, पहिलो दिन संयुक्तरुपमा अग्रस्थानमा रहेका स्थानीय प्रो.समुन राई दोस्रो दिनको खेल सकिदा कुल ४ ओभर १४४ स्कोरका साथ दोस्रो स्थानमा छन् । पहिलो दिन १ ओभर ७१ को कार्ड बनाएका उनले दोस्रो दिन भने ३ ओभर ७३ को कार्ड बनाए । फ्रन्ट नाइन २ ओभर ३७ को कार्ड खेल्ने क्रममा उनले पहिलो होलमै ओ.भि.खेपेका थिए । पार ४ को पहिलो होलमा उनले ७ स्ट्रोक खर्चिनु परेको थियो । यस्तै उनले पाँचौं होलमा पनि बुगी खेपेका थिए । उनले दोस्रो र तेस्रो भने बर्डिज खेले ।
यसैगरी, ब्याक नाइनमा एक ओभर ३६ को कार्ड बनाउने क्रममा उनले २ बुगी र एक बर्डि खेले । उनले १६ औं र १७ हौं होलमा बुगी खेपे भने १८ औं होलमा बर्डि खेलेका थिए । दोस्रो दिन पनि टि सट नै खराब भएको प्रतिक्रिया दिदै उनले सजिलै बर्डि खेल्नुपर्ने ५ औं र छैटौं होलमा खेल बिग्रिएको बताए । ‘जहाँ बर्डि आउनुपर्ने हो, त्यही नै बिग्रियो’–उनले भने । पार ४ को पाँचौं होलमा उनले बुगी खेपेका थिए भने पार ५ को छैठो होलमा पार खेलेका थिए ।
यस्तै, दोस्रो दिनको खेल समाप्ति हुदाँ कुल ५ ओभर १७५ को स्कोर गर्दै तीन खेलाडी संयुक्तरुपमा तेस्रो स्थानमा छन् । धरानका प्रो.सविन सापकोटा, सञ्जय लामा र उमेश नगरकोटी संयुक्तरुपमा तेस्रो स्थानमा छन् । पहिलो दिन २ ओभर ७२ को कार्ड बनाएर छैठो स्थानमा रहेका स्थानीय प्रो.सविनले दोस्रो दिन ३ ओभर ७३ को कार्ड बनाए । यसैगरि, पहिलो दिन ६ ओभर ७६ को कार्ड बनाएर एघारौं स्थानमा रहेका उमेशले दोस्रो दिन भने एक अण्डर ६९ को कार्ड बनाएर तेस्रो स्थानमा उक्लिएका हुन् । पहिलो दिन १ ओभर ७१ को कार्ड बनाएर संयुक्तरुपमा अग्रस्थानमा रहेका सञ्जय लामाले दोस्रो दिन ४ ओभर ७४ को कार्ड बनाउदै तेस्रो स्थानमा झरे ।
यसैगरी, कुल ६ ओभर १४६ स्कोरका साथ थामबहादुर राई, राम थापा र दिपक थापामगर संयुक्तरुपमा छैठौं स्थानमा रहेका छन् । पहिलो दिन ४ ओभर ७४ को कार्ड बनाएर थामबहादुरले दोस्रो दिन भने २ ओभर ७२ को कार्ड बनाएका थिए । यसैगरि, पहिलो दिन २ ओभर ७२ को कार्ड बनाएका राम थापाले दोस्रो दिन ४ ओभर ७४ को कार्ड बनाए । पहिलो दिन एक ओभर ७१ को कार्ड बनाउदै संयुक्तरुपमा अग्रस्थानमा रहेका दिपक थापा मगरले दोस्रो दिन भने खराब खेल्दै ५ ओभर ७५ को कार्ड बनाएका थिए ।
साविक विजेता एवं पहिलो दिन एक ओभर ७१ स्कोरका साथ अग्रस्थानमा रहेका रवि खडका भने दोस्रो दिनको खेल सकिदासम्म ७ ओभर १४७ स्कोरका साथ नवौं स्थानमा झरेका छन् । उनले बिहिबार खराब प्रर्दशन गर्दै ६ ओभर ७६ को कार्ड बनाएका थिए । यस्तै, कुल ९ ओभर १४९ स्कोरका साथ मणी राई, सुर्यप्रसाद शर्मा, रामकृष्ण श्रेष्ठ र रमेश अधिकारी संयुक्तरुपमा १० औं स्थानमा छन् । फ्रन्ट नाइनमा एक अण्डर ३४ को कार्ड बनाए पनि स्थानीय प्रो.मणी राई ब्याक नाइनमा १८ औं होलमा गलत ठाउँमा वल ड्रप गरेको कारण २ स्ट्रोक पेनाल्टी खेपेका थिए ।
यसैगरि, एमेच्योरतर्फ कुल ७ ओभर १४७ स्कोरका साथ दिनेश प्रजापति शीर्षस्थानमा छन् । पहिलो दिन ७ ओभर ७७ को खराब कार्ड बनाएका उनले दोस्रो दिन भने लेभल पार खेलेका थिए । दोस्रो दिन फ्रन्ट नाईनमा ७ ओभर ३७ को कार्ड बनाएपनि उनले ब्याक नाइनमा २ अण्डर ३३ को कार्ड बनाए । यस्तै, कुल ११ ओभर १५१ स्कोरका साथ बविन्द्र राई एमेच्योरतर्फ दोस्रो स्थानमा छन् भने कुल १२ ओभर १५२ स्कोरका साथ पुर्ण लिम्बू तेस्रो स्थानमा छन् ।
दोस्रो दिनको खेल समाप्तिसँगै कट हुदै २१ औं स्थानमा रहेका २२ जना प्रोफेस्नल खेलाडी मात्रै बाँकी खेलको लागि छनौट भएका छन् । यस्तै, एमेच्योरतर्फ भने ६ जना खेलाडीहरु मात्रै छनौट भएका छन् । प्रतियोगितामा २८ जना प्रोफेस्नल र १८ जना एमेच्योर गरी कुल ४८ जना खेलाडीहरुले भाग लिएका थिए ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे