पोएट्री पार्टीमा ‘फालेलुङ र काबेली बजार’को चर्चा
धरान । भित्तैभरि र्याकमा पुस्तक । त्यसमाथि मुर्धन्य साहित्यकारहरुको लहरै तस्बिर । टेबलैभरि दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिका । एक एक गर्दै धरान, तरहरा, इटहरीका दर्जन बढी युवा कवि, साहित्यकारहरु भेला भए । धरान १८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा शनिबार बिहान छुट्टै चहलपहल थियो । पुस्तकालयले ०४८ सालमा पहिलो पटक आयोजना गरेको युवा कविता महोत्सवमा कवि सन्तोष थेवे प्रथम भएका थिए । उनको कृति ‘फालेलुङ र काबेली बजार’ भर्खर प्रकाशित छ । पुस्तकालयले फरक नाम दिएर आयोजना गरिरहेको ‘पोएट्री पार्टी’को चौथो श्रृंखलाको शुरुवात थेवेबाटै भयो । उनले त्यही कृतिबाट ‘सम्झनाको पुरानो रुमाल’ शिर्षकको गहकिलो कविता सुनाए यसरी, बिहे–दान लोग्ने–स्वास्नी छोरा–छोरी घर–व्यावहार छर–छिमेक यस्तै त रै’छ नि दुई दिने जिन्दगी अब त बिर्सियौ पनि होला । स्वर्गीय कवि विमलका बुबा पुर्णबहादुर गुरुङ घरि घरि थर्मसमा चिया बोकेर आउछन्, र कवि, स्रोताहरुलाई बाँड्छन् पनि । उनी पुस्तकालयका संरक्षक, अध्यक्ष हुन् । छोराको स्मृतिमा उनले स्थापना गरेको पुस्तकालयमा आउने जो कोहीलाई