सुनसरीमा साइक्लिङ संघ गठन

धरान । साहसिक खेल र पर्यटन मानिएको साइक्लिङलाई विकास एवं प्रर्वद्धन गर्न साइक्लिङ खेलप्रेमीहरुले सुनसरी जिल्ला साइक्लिङ संघ गठन गरेका छन् । धरानस्थित सुनसरी जिल्ला खेलकुद विकास समितिमा बुधबार साइकलप्रेमीहरुको भेलाले श्याम तामाङको अध्यक्षतामा ९ सदस्यीय संघको कार्य समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा राजेन लिम्बु, सचिवमा विजय श्रेष्ठ र कोषाध्यक्षमा सुश्री अञ्जना लिम्बु चयन भएका छन् । यस्तै, सदस्यहरुमा वन्दन राई, श्रीमति ममता राई, मनोज राई, हुकमेन जिमी र सुश्री साङमु शेर्पा रेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राईको रोहबरमा संघको नयाँ कार्यसमिति गठन भएको हो । साहसिक खेल पर्यटन मानिएको साइक्लिङको पछिल्लो समय पुर्वमा पनि आकर्षण बढ्दै गइरहेको छ ।
बिशेष गरि सुनसरी र धरानमा माउण्टेन बाइक शो रुमहरु धमाधम खुलिरहेको छ भने साइक्लिङका खेलाडीहरुको संख्या पनि बढ्दै गइरहेको छ । दिनहु स्वास्थ्यको लागि साइक्लिङप्रति पनि आर्कषण बढीरहेको छ । माउण्टेन बाइक शोरुमहरुले साइकल प्रेमीहरुलाई प्याकेजमा धरान आसपासको गाउँघरमा प्याकेजमा घुमाउदै पर्यटन प्रर्वद्धन पनि गरिरहेका छन् । धरानमा राष्ट्रियस्तरको क्रस कन्ट्री र डाउनहिल च्याम्पिनसिप पनि आयोजना भइसकेको छ ।
नवनिर्वाचित अध्यक्ष श्याम तामाङले साइक्लिङलाई खेल र पर्यटन विकाससँग जोडेर संघले निरन्तर गतिविधिहरु गर्ने बताए । विगतमा धरानमा क्रस कन्ट्री र डाउनहिल च्याम्पियनसिप आयोजना भएपनि निरन्तरता हुन नसकेको उल्लेख गर्दै उनले संघले निरन्तर आयोजनाको लागि पहल गर्ने बताए । ‘प्रतिभाशाली खेलाडी उत्पादन गर्न र पर्यटन प्रर्वद्धनको लागि सक्रिय हुन्छौं । विगतमा निजीस्तरमा प्रतियोगिता आयोजना हुदा निरन्तरता पाउन सकेन । संघ आफैले बर्षेनी च्याम्पिनयसिप गर्ने गरि आयोजनाको लागि पहल गछौं’–अध्यक्ष तामाङले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे