तुलबहादुर सातौं मिस्टर पुर्वाञ्चल(फोटोफिचर)

धरान । झापा शनिश्चरेस्थित ब्रदर एण्ड सिस्टर जिमका तुलबहादुर श्रेष्ठ सातौं मिस्टर पुर्वाञ्चल खुल्ला क्षेत्रीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । धरान ८ स्थित सभागृहमा बिहिबार राती आयोजित प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै उनी मिस्टर पुर्वाञ्चल घोषित भएका हुन् ।
उनी ७० केजी तौल समुहबाट भिडेका थिए । उनले ट्रफी, मेडलसँगै नगद ६० हजार पाए । यस्तै, फिटनेश च्वाइस काठमाण्डौंबाट उनले २५ हजार बराबरको जगर मेशिन पनि पाए । विजेता श्रेष्ठले धेरै मेहनत गरेकोले उपाधि जित्ने आशा गरेको बताए । उनी अब धर्म श्री प्रतियोगिताको तयारी गर्ने बताए ।
धरान १५ स्थित एलाइनेट जिम हलद्धारा आयोजित प्रतियोगितामा क्लब योरा दमकका विकास धिमाल दोस्रो भए । उनी मिस्टर पुर्वाञ्चलमा दुई पटकका विजेता हुन् । यस्तै, सेन्चुरी जिम झापाका सुरेश राजवंशी तेस्रो भए भने ग्रिन पिस फिटनेश दमकका छत्रबहादुर श्रेष्ठ चौथो भए । दोस्रो हुने खेलाडीले नगद ३० हजार, तेस्रो हुनेले नगद २० हजार र चौथो हुने खेलाडीले नगद १५ हजार थापे ।
यसैगरी, दोस्रो भएका विकास धिमालले मोष्ट मस्कुलर म्यान घोषित हुदै नगद ५ हजार पनि थापे भने फिटनेश फ्याक्ट्री धरानका देवराज पराजुलीले नगद ५ हजारसहितको वेष्ट पोजर उपाधि पाए । कार्यक्रममा मिस एसएलसीकी फष्ट रनरअप नेहा श्रेष्ठलाई सम्मान गरिएको थियो भने ९ बर्षीय प्रवचन कार्की र २०७० का मिस्टर पुर्वाञ्चल मनिष लिम्बुले शारिरीक सुगठनको पोज प्रर्दशन गरेका थिए । विजेता खेलाडीहरुलाई आयोजक संस्थाका अध्यक्ष बिक्रम लिम्बु, प्रमुख अतिथि रहेका पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, सुनसरी जिल्ला खेलकुदक विकास समितिका अध्यक्ष धनप्रसाद राई, सिंंगक समाज हङकङका दिनेश सिंगक, बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिका गंगा कालिकोटे, समाजसेवी रमेश राईलगायतले पुरस्कार वितरण गरेका थिए ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे