धरानमा ५१ करोड लगानीमा भाटभटेनीको शाखा, बैशाख ४ गते शुरु हुदै


धरान । भाट भटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरको एघारौं शाखा सञ्चालनमा आउने भएको छ । धरान १० पुतलीलाइनमा निर्माण सम्पन्न भइसकेको शाखामा कुल ५१ करोड लगानी रहेको सञ्चालकले जनाएको छ । शनिबार(बैशाख ४ गते)देखि यो शाखा औपचारिकरुपमा सञ्चालनमा आउने छ ।
काठमाण्डौं र पोखरापछि पुर्वाञ्चलमा खुल्न लागेको लागेको यो पहिलो शाखा हो । भाट भटेनीको यसअघि काठमाण्डौंमा ९ र पोखरामा एक गरि १० वटा शाखा सञ्चालनमा रहेको छ । चाडै नै चितवनको भतरपुरमा पनि बाह्रौ शाखा खोल्ने तयारी भइरहेको भाट भटेनीका सञ्चालक मिनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार पोखराभन्दा पनि पहिला धरानमा शाखा खोल्ने आफ्नो योजना भएपनि जग्गा खरीद गर्न ढिलाई भएको बताए । ‘मैले आइ.ए.यही धरानमा पढेको हुँ, त्यही भएर काठमाण्डौं बाहिर सबैभन्दा पहिला यही शाखा विस्तार गर्न चाहन्थे’–बिहिबार पत्रकार सम्मेलन गर्दै उनले भने–‘बल्ल मेरो योजना पुरा भयो, त्यसैले एकदमै खुशी छुँ ।’
भाट भटेनीको धरान शाखाको भवन ४ कट्ठा ६ धुर जग्गामा निर्माण भएको हो । गत भदौमा नै सञ्चालन आइसक्नु पर्ने भएपनि भुकम्प पछिको नाकाबन्दीले ढिलाई भएको सञ्चालक गुरुङले बताए । धरान शाखा भवन चार तलाको रहेको छ । भुईतलामा घरायसी दैनिक उपभोग्य वस्त र मदिराजन्य वस्तुहरु उपलब्ध हुनेछ भने पहिलो तलामा किचन र कस्मेटिक आइटमहरु उपलब्ध हुने भाट भटेनीले जनाएको छ । यस्तै, दोस्रो तलामा गार्मेन्ट, तेस्रो तलामा जुत्ता, लगेज र कार्पेन्ट आइटहरु हुनेछ भने चौथो तलामा इलेक्ट्रोनिक्स र फर्निचरका सामानहरु उपभोक्ताहरुले पाउने भाट भटेनीले जनाएको छ । शाखा शुभारम्भको अवसरमा ग्राहकर्ला रेडिमेड गार्मेन्टलगायत विभिन्न सामानमा १० प्रतिशत र विभिन्न ब्राण्डका मदिराहरुमा ५ प्रतिशत छुट दिइने जनाएको छ ।  ‘उपभोक्ताको साथ र सहयोगकै कारण हामी यो स्थानसम्म आइपुग्यौं, उपभोक्ताको सन्तुष्टी नै हाम्रो पनि सन्तुष्टी हो’–गुरुङले भने–‘तसर्थ, उपभोक्ताकै रुचिलाई प्राथमिकतामा राखेर गुणस्तरीय समान उपलब्ध गराउछौं ।’
नुनदेखि सुनसम्म भन्ने नारा रहेको भाट भटेनीमा एक हजार स्वदेशी उत्पादनका साथै विदेशमा बनेका दशांै हजार सामानहरु स्टोरमा उपभोक्ताहरुले पाउने सञ्चालकको भनाई छ । धरान शाखामा मात्रै २ सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । सबै शाखामा गरि हालसम्म हालसम्म पाँच हजार बढीले रोजगारी पाइसकेका छन् । ती मध्ये ९५ प्रतिशत महिला भएको भाट भटेनीले जनाएको छ । सुपर स्टोरलाई आम नेपालीको बनाउने आकांक्षा अनुरुप शेयर सर्वसाधारणमा बिक्री गरेर पब्लिक कम्पनीमा जाने योजना रहेको पनि सञ्चालक गुरुङले बताए । हाल भाट भटेनीमा ६० प्रतिशत गुरुङ र ४० प्रतिशत उनकी श्रीमति सवित्रीको लगानी रहेको छ । सञ्चालक गुरुङले सामाजिक उत्तरदायित्वअन्र्तगत नाफाको केही प्रतिशत विभिन्न सामाजिक कामहरुमा पनि लगानी गरिरहेको जानकारी दिए । उनका अनुसार हरेक बर्ष नेपालको दुर्गम स्थानका २ जना विद्यार्थीलाई निःशुल्क एमबिबिएस अध्यापन गराइरहेको छ ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे