श्रद्धाञ्जली स्वरुप मैत्रीपुर्ण बास्केटवल हुने

धरान । गत बर्ष वैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परेर ज्यान गुमाएका तथा पीडितहरुको सम्झनामा धरानमा २ दिने मैत्रीपुर्ण बास्केटवल खेल आयोजना हुने भएको छ । सुनसरी बास्केटवल संघले भुकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली स्वरुप पनि मैत्रीपुर्ण खेल आयोजना गर्न लागेको हो ।
धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटवल कोर्टमा हुने खेल बैशाख १२ र १३ गते हुनेछ । मैत्रीपुर्ण खेलमा सुनसरी, मोरङ्ग र इलाम जिल्लाको टिमले सहभागीता जनाउने जिल्ला बास्केटवल संघका सचिव नारायण सुवेदीले जानकारी दिए । ‘विनाशकारी भुकम्प गएको बर्ष दिन हुदैछ, त्यसैले भुकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली स्वरुप मैत्रीपुर्ण खेल आयोजना गरेका हौं’–सचिव सुवेदीले भने । दुई दिने खेलको संयोजन धरान बास्केटवल संघले गर्नेछ ।
बैशाख १२ गते आइतबार महाभुकम्प गएको बर्ष दिन हुदैछ । भुकम्पमा ८ हजार बढीको ज्यान गएको थियो भने लाखौं घरबारविहिन भएका थिए । नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य तथा धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाका अनुसार दुई दिने खेलका विजेताहरुलाई ट्रफी, प्रमाणपत्र दिइनेछ । उक्त मैत्रीपुर्ण खेलका लागि सुनसरी जिल्लाको टिम पनि चयन भइसकेको उनले जानकारी दिए । छनौट भएका खेलाडीहरुमा नविन राई, हेमन राई, प्रदिप गुरुङ्ग, युकेश राई, उज्वल राई, फक्तिराज राइ, विवेक श्रेष्ठ, विवेक नेपाल, विक्रम लिम्वु र चिरञ्जिवि गिरी छन् । यस्तै, मुख्य प्रशिक्षकमा बिकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्वु पनि चयन भएको संघले जनाएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे