एमाले धरान अधिवेशन, आइतबार निर्वाचन(कुन पदमा कस्को उम्मेदवारी ?)


धरान । सहमति जुट्न नसके पछि एमाले धरान उपमहानगर बिशेष इलाका कमिटिको ७ औं नगरअधिवेशन आइतबारसम्मको लागि लम्बिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशन शनिबारसम्म हुने भनिएपनि बन्दसत्रमा नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि लम्बिएको हो । धरान १५ स्थित सदन सभाहलमा जारी बन्द सत्रले आइतबार नयाँ नेतृत्व चयन गर्नेछ ।
शनिबार बन्द सत्रले राजनैतिक र आर्थिक प्रतिवेदन अनुमोदन गरेको थियो । कमिटि विघटन भएर उम्मेदवारी दर्ता र नामावली प्रकाशन मात्रै शनिबार भयो । यसअघि नेतृत्वले सहमति जुटाएर नै नयाँ नेतृत्व चयन गर्ने दाबी गरेपनि सबै पदाधिकारी र सदस्यहरुमा उम्मेदवारी परेपछि निर्वाचन हुने निश्चित भएको हो । नयाँ नेतृत्वको लागि ओली र नेपाल गुटले अध्यक्षदेखि सदस्यसम्म उम्मेदवारी दिएका छन् । अध्यक्षमा २ कार्यकाल नेतृत्व गरिसकेका तारा सुब्बा र मदन भण्डारी फाउण्डेशनका जिल्ला सचिव किसोरकुमार कार्कीले उम्मेद्वारी दिएका छन् । कार्की ब्लाष्ट टाइम्स दैनिकका सम्पादक, प्रकाशक पनि हुन् । उनी ओली गुटका हुन् ।
यस्तै, उपाध्यक्षमा नारायण सुवेदी र हर्कजङ्ग एभेङ्गको उम्मेदवारी परेको छ । सुवेदी यसअघि पनि उपाध्यक्ष थिए भने एभेङ्ग सचिवालय सदस्य थिए । एभेङ्ग ओली पक्षका हुन् । सचिवमा ऋर्षिराज राई र राजमणी निरौलाको उम्मेदवारी परेको छ । निरौला यसअघि पनि सचिव थिए । उपसचिवमा गोपिकृष्ण खतिवडा र धनप्रसाद राईको उम्मेदवारी परेको छ । राई यसअघि पनि सचिव नै थिए ।
यस्तै, ९ जनाको खुला सदस्य पदमा २९ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा अधिकांश युवाहरु आकांक्षी देखिएका छन् । खुला सदस्यमा उम्मेदवारी दिनेहरुमा नवराज राई, सन्तोष कोइराला, हिमाल लिम्बु, टिका माङ्ले लिम्बु, सुवास पौडेल, राजेन्द्र राई, रतन लिम्बु, दिवस राई वान्तवा, देवहाङ्ग राई, योगेशबाबु काफ्लेलगायत छन् । यस्तै, १२ जना महिला सदस्य पदकको लागि २० जनाको उम्मेदवारी परेको छ भने ३ जना दलित सदस्य कोटामा ६ जना र आदिबासी जनजातिको १ जनाको कोटामा २ जनाको उम्मेदवारी परेको छ ।

                                      भुगोलबाट अधिकांश सदस्य सर्वसम्मत


भुगोलबाट चयन हुने कतिपय वडामा भने सर्वसम्मत सदस्य पद निर्वाचित भइसकेका छन् । सर्वसम्मत सदस्य चयन भएका वडाहरुमा वडा १ बाट उद्धव श्रेष्ठ, वडा २ बाट कैलास अग्रवाल, वडा ३ बाट विकास कुमार वनेपाली, वडा ४ बाट भरत सुवेदी, वडा ५ बाट ब्रह्मज्ञ भटराई, वडा ६ बाट विकास भुजेल, वडा ७ बाट ठाकुरबहादुर कार्की, वडा ८ बाट रुद्रबहादुर लिम्बु र शेरबहादुर परियार सर्वसम्मत चयन भइसकेका छन् ।

यसैगरि, वडा ९ बाट कुमार कटवाल, वडा ११ बाट सुसिल सुवेदी र विरबहादुर सुन्दास, वडा १२ बाट कुमार तामाङ, वडा १३ बाट कृष्णकुमार लावती, वडा १४ बाट झलकबहादुर श्रेष्ठ र गिरीराज खतिवडा, वडा १५ बाट गणेशबहादुर प्रधान, वकशमान गुरुङ र टंक तामाङ, वडा १६ बाट दिनाप्रसाद उपाध्याय र घनश्याम बुढाथोकी, वडा १७ बाट सुभाष राई र नकुल वराइली, वडा १८ बाट बालकृष्ण राई, वडा १९ बाट राजकुमार राई(तिलक), वडा २० र २१ बाट तुफानकुमार मगर, वडा २२ बाट सुभचन्द्र राई, २४ नम्बर शाखाबाट खडगप्रसाद शर्मा र २५ नम्बर शाखाबाट लक्ष्मी बाँनिया सदस्य पदमा सर्वसम्मत छानिएका छन् ।
भुगोलतर्फ वडा १० र वडा २३ मा मात्रै सहमति हुन नक्सदा निर्वाचन हुने भएको छ । वडा १० मा कृष्णकुमार राई र गणेश श्रेष्ठबीच मतदान हुनेछ भने २ जनाको कोटा भएको वडा २३ मा हेमराज सुवेदी, विश्वराज कार्की, देवेन्द्र बजगाई र इश्वरप्रसाद लामिछानेबीच मतदान हुनेछ । निर्वाचनबाट ६१ सदस्यीय नयाँ नेतृत्व चयन पनि हुनेछ । अधिवेशनमा छनौट भएका कुल ३ सय ९३ प्रतिनिधिले मतदान गर्नेछन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे