सहमतीय सरकार बनेमात्रै संविधान कार्यान्वयनः गृहमन्त्री

धरान । गृहमन्त्री शक्ति बस्नेतले संविधान कार्यान्वयनको लागि सहमतीय सरकार आवश्यक रहेको बताएका छन् । आइतबारदेखि धरानमा शुरु दुई दिने स्थानीय प्रशासकहरुको क्षेत्री गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संविधान निर्माण गर्दा एक ठाउँमा उभिएका प्रमुख राजनैतिक दलहरु मिलेर मात्रै संविधान कार्यान्वयन हुनसक्ने बताए ।
जनताले पनि सहमतिय सरकार चाहेको उल्लेख गर्दै उनले केही दलका नेता वलियो प्रतिपक्षीको नाममा बहुमतीय सरकार बनाउने खेलमा लागेर लोकतन्त्रलाई नै कमजोर पार्न खोजिरहेको टिप्पणी गरे । ‘केही नेता वलियो प्रतिपक्षी विना लोकतन्त्र हुदैन भन्दैछन्, सिद्धान्तत ः यो ठिक होला, तर परिस्थितिले संविधान निर्माण गर्दाका दलहरु एक ठाउँमा रहेर सहमतिको सरकार बनाउनुको विकल्प छैन’–बीपी प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित पुर्वका सुरक्षा प्रमुखहरुको गोष्ठीमा उनले भने–‘यसले लोकतन्त्रलाई नै वलियो बनाउछ, इतिहासले यही देखायो । द्धन्द्धको समाधान सहमतिबाटै गर्यौं, सविधान पनि सहमतिबाटै निर्माण गर्यौं ।’
कांग्रेस सभापतिमा निर्वाचित भएलगत्तै शेरबहादुर देउवाले पार्टी वलियो प्रतिपक्षी बन्ने भनि दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै मन्त्री बस्नेतले बहुमतिय सरकार राष्ट्रिय आश्वयकता नभएको जिकिर गरे । सरकार परिवर्तन हुन्छ कि हुदैन भन्नेतर्फ ध्यान नदिन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै उनले बहुमतीय सरकारबारे चर्चा गर्नु समयको वर्वादी मात्रै हुने बताए । ‘सरकार फेरिन्छ कि भन्नेतर्फ ध्यान नदिनुस्, त्यो समयको वर्वादी मात्रै हो’–मन्त्री बस्नेतले भने–‘संविधान कार्यान्वयनमा के चुनौती छ? शान्ति सुरक्षामा प्रभाव पार्ने पक्षहरु के छन् ? कसरी विकसित र परिवर्तित हुदैछ ? त्यसको चरित्र बुझ्ने, सावधानी अपनाउने र रणनीति बनाउनेतर्फ सबैले ध्यान केन्द्रीत गर्नुस् ।’
संविधान कार्यान्वयनलाई बढी जोड दिएका मन्त्री बस्नेतले सरकार र गृहप्रशासनले ठिक ढंगले भुमिका खेलेको कारण संविधान कार्यान्वनयको दिशामा अघि बढेको भन्दै सुरक्षा निकायको प्रसंसासमेत गरे । साथै, थप प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी रहेको पनि उनले बताए । बैशाखदेखि तराईमा फेरी आन्दोलनको हल्ला चलेपनि त्यसको पछि नलागी भुमिका निर्वाह गर्न उनले निर्देशन दिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे