डिपोको वार्षिक उत्सवमा सम्मान

धरान । डिपो आर्दश वहुमुखी क्याम्पसले ५४ औं अभिभावक दिवस मनाउने क्रममा शुक्रबार उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारीलाई पुरस्कार तथा सम्मान गरेको छ । शुक्रबार क्याम्पसमा आयोजित समारोहमा विद्यालयका नर्सरी कक्षा देखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ट एक शिक्षक र एक कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । 
क्याम्पसले उत्कृष्ट शिक्षककोरुपमा गिरीध्वज लिम्बुलाई सम्मान गर्यो भने उत्कृष्ट कर्मचारीकोरुपमा भतmवहादुर बिष्टलाई सम्मान गरेको थियो । सम्मानित शिक्षक र कर्मचारीले नगद १० हजारसहित सम्मान पत्र थापे । पुरस्कृत विद्यार्थी, शिक्षक एवं कर्मचारीलाई व्यावस्थापक समितिका अध्यक्ष श्रवणकुमार लिम्बु, प्रमुख अतिथि विपी स्वास्थ्य प्रतिष्ठान धरानका अस्पताल निर्देशक डा.अरविन्द सिन्हा, व्यावस्थापन समितिका उपाध्यक्ष नन्द बहादुर राई लगायतले पुरस्कार एवं सम्मान पत्र वितरण गरेका थिए । 
प्राचार्य राजकुमार राईले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै भावी योजनाको बारेमा पनि प्रकाश पारेका थिए । क्याम्पसलाई खेलकुद विकासको लागि कर्भडहल निर्माण गर्ने, शिक्षाको गुणस्तरवृद्ध गर्ने जस्ता योजना सुनाएका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले साँस्कृतीक नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न पहिरनमा फेसन सो पनि आयोजना भएको थियो । सहभागी अभिभावकहरुलाई लक्कि ड्र मार्फत विजेताहरुलाई पुरस्कार पनि दिइएको थियो । 


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे