दिब्यराज पत्रकारिता पुरस्कार गुरागाई र मोक्तानलाई

धरान । यस बर्षको दिव्यराज आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारद्धय सुविद गुरागाई र रिता मोक्तान पुरस्कृत भएका छन् । क्रान्तिकारी पत्रकार संघ सुनसरीले शनिबार धरान १० स्थित सैनिक भवनमा एक कार्यक्रम आयोजना गरी दुवैलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार राशी जनही २० हजार एक रुपैया छ । कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व अर्थमन्त्री एवं एमाओवादीका सचिव वर्षमान पुनले पत्रकारद्धयलाई दोसल्लासहित सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए । पत्रकार गुरागाई करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशिल छन् भने मोक्तान एक दशकदेखि रेडियो पत्रकारितामा छिन् ।
यो पुरस्कार २०६९ सालदेखि दिव्यराज आचार्यका छोरा गणेशराजले पिताको स्मृतिमा स्थापना गरेका हुन् । अक्षयकोष स्थापना गरिदिएका उनले २५ लाख रुपैयाको कोष बनाउने लक्ष्य राखेका छन् । क्रान्तिकारी पत्रकार संघले यो पुरस्कार बर्षेनी प्रदान गर्छ । पूर्व अर्थमन्त्री पुनले राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा मिडियाको महत्वपुर्ण भमिका रहेको धारणा राखेका थिए । साथै उनले संघीयता, समावेशितालगायत मुद्दाहरुलाई पत्रकारहरुले मिशन बनाउनुपर्ने पनि बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे