धरान मन्टेश्वरीको नवौं बार्षिक कार्यक्रम(फोटोफिचर)


धरान । साना नानीहरु टाइसुटमा । कोही दौरा सुरुवाल, फरिया र चौबन्दीमा चिटिक्क परेका । स्टेजमा कोही लजाउदै, कोही फुरुङ्ग हुदै आउछन् । अनि, गीतको बोलमा कम्मर मर्काउदै नाच्छन् ।
धरान ८ स्थित सभागृह हलमा शनिबार अभिभावकहरुको अघि साना नानीहरुले यस्तरी नै आफुलाई प्रस्तुत गरे । धरानमा सबैभन्दा पहिला स्थापना भएको धरान मन्टेश्वरीको नवौं बार्षिक कार्यक्रम एवं ग्रयाजुएन डेमा उनीहरुको प्रस्तुतीले अतिथि र अभिभावकहरुसमेत दंग परे । कार्यक्रममा नर्सरीदखि कक्षा २ सम्म अध्ययनरत नानीहरुले गीत र नृत्य मात्रै पस्किएनन् । शिक्षिका, नर्स, डक्टर, नेपाल आर्मी, इञ्जिनियरको भेषमा स्टेजमा उभिदै भविष्यमा देश, दुःखी गरिबको सेवा गर्ने चाहना पनि व्यक्त गरे ।
धरान मन्टेश्वरी सबैभन्दा पहिला ०६२ सालमा स्थापना भएको थियो । अहिले प्ले ग्रुपदेखि कक्षा २ सम्म पढाई हुन्छ । मन्टेश्वरीसँगै कक्षा १ र २ को लागि इ लर्निङ्ग कक्षा पनि शुरु गर्ने निर्देशक दिपक अग्रवालले जानकारी दिए । उनका अनुसार शनिबार ३२ जना विद्यार्थीलाई मन्टेश्वरीको ग्राजुएशन डिग्री प्रदान गरिएको छ । कार्यक्रममा विभिन्न कक्षाका जेहेन्दार, अनुशासित विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इएनटि विभागका एसिस्टेण्ड प्रोफेसर डा.शंकर शाह, डा.विवेक कटेल, एनएमबि बैंकका मोहन निम्सिना, आन्तरिक राजश्व कार्यालयका अधिकृत प्रकाश निरौलालगायतले पुरस्कार वितरण गरेका थिए ।



















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे