युवालाई मनोपरामर्श तालिम शुरु


धरान । विभिन्न कारणले युवाहरुमा उत्पन्न हुने भावनात्मक एवं मानसिक विचलनलाई सहीरुपमा व्यावस्थापन गराउन मद्दत पुर्याउने उद्देश्यले आइतबारदेखि धरानमा तीन दिने युवा मनोपरामर्श तालिम शुरु भएको छ । धरान उपमहानगरपालिकाको सहयोगमा रुपान्तरण नेपाल सुनसरीद्धारा आयोजित तालिममा धरानका विभिन्न उमेर समुहका २५ जना युवाहरु सहभागी छन् ।
युवाहरुमा उत्पन्न तनाव एवं भावनात्मक विचलनलाई व्यावस्थापन गर्ने उपाय सिकाउदै सकरात्मक सोचका विकास गराउनु तालिमको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । ‘पढाईको बोझ, बेरोजगारी, भविष्यप्रतिको चिन्ता, परीक्षाको प्रेसरलगायत विविध कारणले युवाहरुमा तनाव बढ्छ, र डिप्रेशन हुन्छ । त्यसबाट मुक्ति दिलाउने र सकरात्मक सोचको विकास गराउने तालिमको उद्देश्य हो’–आयोजक संस्थाकी अध्यक्ष सविता राईले भनिन् ।
धरान ८ स्थित होटल कञ्चनजंघामा आयोजित तालिमको पहिलो दिन धरान उपमहानगरपालिकाको सामाजिक विकास शाखा महिला डेस्क प्रमुख हेमा थलङले मनोसामाजिक समस्याबारे प्रशिक्षार्थीहरुलाई प्रष्ट्याएकी थिइन् । यस्तै, रुपान्तरण नेपालका सदस्य सुदेश चापागाईले नेतृत्व विकासबारे, अध्यक्ष राईले तनाव व्यावस्थापनबारे प्रशिक्षार्थीहरुलाई तालिम दिएकी थिइन् । दोस्रो र तेस्रो दिन सकरात्मक सोचबारे शिशिर श्रेष्ठ, डिप्रेशनबारे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा.मधुुर बस्नेत र शैक्षिक परामर्शबारे विशाल श्रेष्ठले प्रशिक्षित गराउनेछन् भने लागुऔषधको असर, त्यसबाट जोगिने उपायबारे पुर्वप्रयोगकर्ता पर्वत राईले आफ्नो अनुभव बाड्ने आयोजक संस्थाले जनाएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे