एमालेले धरानमा भित्ते लेखन र पम्प्लेटिङ नगर्ने


धरान । सातौं नगर अधिवेशनको तयारी गरिरहेको नेकपा(एमाले) धरान उपमहानगर बिशेष इलाका संगठन कमिटिले शहरको स्वरुप कुरुप बनाउने भन्दै भित्ते लेखन र पम्प्लेङि नगर्ने घोषणा गरेको छ । राजनैतिक दलहरुले जनसभा तथा अधिवेशनको क्रममा भित्ते लेखन र पप्लेटिङ गर्ने होडबाजीलाई अन्त्य गर्दै धरानलाई सुन्दर शहर कायम राख्न यस्तो निर्णय गरिएको एमालेले जनाएको छ ।
आगामी बैशाख १७ र १८ गते हुन लागेको अधिवेशनबारे सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिदै एमालेले वातावरण प्रदुषण र फोहोर हुन नदिन भित्ते लेखन र पम्प्लेटिङ नगर्ने जनएको छ । ‘हामीले छैटौं अधिवेशनदेखि नै वालिङ र पम्प्लेटिङ छोडेका हौं, प्रचारप्रसारको लागि हामी सक्दो सञ्चारमाध्यमलाई नै प्रयोग गछौं’–कमिटि अध्यक्ष तारा सुब्बाले भने । उनका अनुसार अधिवेशनको क्रममा एमालेले नगर सरसफाईको कार्यक्रम पनि गर्ने निर्णय गरेको छ भने स्वास्थ्य शिविर पनि आयोजना हुनेछ । पार्टीको झण्डा विभिन्न चोक तथा स्थानहरुमा राखिने र अधिवशन सकिएकै भोलीपल्ट उठाउने निर्णय पनि भएको अध्यक्ष सुब्बाले बताए । ‘अधिवेशन पार्टीको नियमित कार्यक्रम भएपनि स्थानीयतहमा संगठन मजबुत र सक्षम बनाउनुको साथै नयाँ संविधानमा रहेको जनताको अधिकार सुनिश्चितको लागि सक्षम नेतृत्व चयन हुने भएकोले अधिवेशन महत्वपुर्ण हुन्छ ’–उनले भने–‘पार्टीलाई विकास निर्माणको पक्षमा गतिशिल बनाउन, स्थानीय र प्रदेशको निर्वाचनलाई हाक्न सक्षम कमिटि बनाउन पनि जुरुरी छ ।’
एमालेको ७ औं नगरअधिवेशनको उद्घाटन बैशाख १७ गते भानुचौकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । बन्दसत्र भने १८ गते सदन सभाहलमा हुनेछ । अधिवेशनको तयारीको लागि विभिन्न ११ वटा उप समिति गठन गरेर परिचालन गरिएको एमालेले जनाएको छ । हालसम्म २३ वटा वडाको अधिवेशन सम्पन्न भइसकेको र जनसंगठनलाई व्यवस्थित गर्ने क्रममा रहेको अध्यक्ष सुब्बाले बताए । हाल १६ सयको संख्यामा संगठित सदस्य रहेको उल्लेख गर्दै उनले नवीकरण भएर आउन बाँकी रहेकोले संख्या अझै बढ्ने एमालेले जनाएको छ ।
धरानमा २७ वटा वडा रहे पनि वडा २४, २५, २६ र २७ वडा अर्को निर्वाचन क्षेत्रमा परेकोले अधिवेशनमा ती वडाको सहभागीता रहने छैन । भुगोलको २३ वटा वडा र कर्मचारी, मजदुर शाखा गरि कुल २५ वडा कमिटिको प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुनेछन् । उद्घाटनलाई भव्य र सभ्य बनाउने उल्लेख गर्दै एमालेले शाखा कमिटिहरुको समुह बनाएर झाँकीसहित र्याली निकाल्ने योजना रहेको खुलाएको छ । अधिवेशनको अवसरमा समाजका प्रतिष्ठित विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिने पनि एमालेले जानकारी दिएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे