फेशन र डान्स पार्टीको फ्युजन(फोटोफिचर)

धरान । फेशन र गीत संगीत भनेपछि धराने युवाहरु हुरुक्कै हुन्छन् । कुनै वहाना पाउनुपर्छ, उनीहरुमा यी दुवैको फ्युजन देखिन्छ । नयाँ बर्षको स्वागतको लागि न्यु इयर इभ पार्टी त धराने तन्नेरीहरुको लागि मस्तीमा रम्ने ठुलो मौका हो । २०७२ सालको विदाईसँगै नयाँ बर्ष २०७३ को स्वागतमा मंगलबार मध्यरातसम्म धराने युवाहरु जागै रहे ।
नेपाली नयाँ बर्षलाई सबैतिर धुमधामले स्वागत गरिरहदा धराने युवाहरु मंगलबार राती धरान १९ स्थित ब्रिटिश कम्युनिटी हलमा फेशन र गीत, संगीतको फ्युजनमा झुमे । न्यु इयर इभमा हुने प्रायःजसो कार्यक्रम भन्दा फरक कार्यक्रम भयो । ग्राण्ड फेशन नाइट नाम दिइएको कार्यक्रममा स्थानीय मोडलसँगै अन्र्तराष्ट्रिय मोडलहरुले विभिन्न पहिरनमा क्याटवक गरे, अनि डिजेको डिजेइङसँगै धराने युवायुवतीहरु एकअर्कालाई शुभकामना आदानप्रदान गर्दै नाचे ।
फेशन शोमा मोडलहरु लेहङ्गा, समय वेयर र क्याजुअल पहिरनमा र्याम्पमा उत्रिएका थिए । क्याटवकमा मिस हङकङ नेपालकी सेकेण्ड रनरअप रुत्सा राई, मिस दिल्लीकी फष्ट रनरअप प्रियंका चौधरी, मिस पुर्वाञ्चलकी सेकेण्ड रनरअप निलम थापा, मिस पुर्वेली सुपर मोडलकी सेकेण्ड रनरअप श्रेया हमाल पनि थिइन् । यस्तै, सोनाली ताम्रकार, सुस्मिता राई, सब्बु श्रेष्ठ, मेलिना रुम्बा, बेबिका लोहनी र जुलीले पनि क्याटवक गरिन् । फेशन शोको कोरियाग्राफ लिसा लबुङले गरेकी थिइन् ।
फेशन नाइटको आयोजना एन.जि.(नेक्स्ट जेनेरेशन)ले गरेको थियो । फेशन शो पछि डिजे सेसन भएको थियो । युवाहरु चर्चित डिजे जेन्नी र चितवनका डिजे ज्याकको डिजेइङमा मस्त बनेका थिए । नयाँ बर्षको स्वागतमा युवाहरुलाई फरक खालको कार्यक्रम प्रस्तुत गरेको आयोजकको भनाई छ । युवा पुस्ताई फेशनप्रति रुचिसँगै नयाँ शैलीमा अपडेट गराउन पनि फेशन शो कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे