धरानमा अन्र्तराष्ट्रियस्तरको बास्केटवल कोर्ट


धरान । धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसमा अन्र्तराष्ट्रियस्तरको बास्केटवल कोर्ट तयार भएको छ । क्याम्पसको सञ्चालक समिति र वेल्फेर अफिसको लगानीमा यो कोर्ट तयार भएको हो ।
पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुदलाई लक्षित गरि निर्माण गरिएको कोर्टमा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रतियोगिताहरु आयोजना गर्न सकिने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पुर्व गोर्खा क्याप्टेन नन्दबहादुर राईले जानकारी दिए ।
 उनका अनुसार १३ लाख बढी लागतमा कोर्ट तयार भएको हो । जसमा डेढ लाख रुपैया वेल्फेयर अफिसले दिएको छ । ‘वेल्फेयर बाहेक सबै खर्च स्कुल, सञ्चालक समितिले नै व्यहोरेको हो । यो कोर्टको साइज अन्र्तराष्ट्रियस्तरमा ओलम्पिक खेलको मापदण्डमा छ’–उपाध्यक्ष राईले भने ।
कोर्टको साइज २८ मिटर लम्बाई र १५ मिटर चौढाई रहेको छ । कोर्टमा भारत कलकत्ताबाट झिकाएर फाइवरको बोर्ड राखिएको छ । अढाई सय भन्दा बढी दर्शक अट्न सक्ने क्षमताको प्याराफिट पनि निर्माण गरिएको छ । पुर्वाञ्चलमा यति सुविधा सम्पन्न बास्केटवल कोर्ट यही एक मात्र भएको बास्केटवलका क्षेत्रीय सह प्रशिक्षक विकास राईले बताए । ‘यति राम्रो र सुविधासम्पन्न बास्केटवल कोर्ट पुर्वमा कही पनि छैन, यहाँ राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरकै प्रतियोगिता पनि आयोजना गराउन सकिन्छ’–उनले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे