बास्केटवलमा इलाम विजयी(फोटोफिचर)
धरान । बैशाख १२ गतेको भुकम्पमा परी ज्यान गुमाएकाहरुप्रति समर्पित भई सञ्चालन भएको दुई दिने मैत्रीपुर्ण बास्केटवल खेलमा सोमबार इलाम जिल्ला विजयी भएको छ । धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटवल कोर्टमा सोमबार भएको खेलमा इलामले मोरङ जिल्लाई ६८ – ४८ स्कोरले हरायो ।
इलामले पहिलो क्वार्टरमा मोरङलाई २१–१० ले पछि पार्दै अग्रता लिए पनि दोस्रो क्वार्टरमा मोरङले ६ –१० को अग्रता लिदै स्कोर अन्तर घटाएको थियो । तेस्रो क्वार्टरमा पनि मोरङले इलामविरुद्ध १७–१५ स्कोरले अग्रता लिएको थियो । तर, अन्तिम क्वार्टरमा इलामले मोरङविरुद्ध २१–१२ स्कोर गर्दै जित सुनिश्चित गर्यो । खेलमा इलामका विनोद श्रेष्ठले सर्वाधिक २७ स्कोर गरेका थिए भने मोरङका दिवस राईले सर्वाधिक २४ स्कोर गरे ।दुई दिने मैत्रीपुर्ण खेलको समापनमा सहभागी जिल्लाका खेलाडीहरुलाई आयोजकले प्रमाणपत्र तथा टिमलाई मायाको चिनो प्रदान गरेको थियो । खेलाडीहरुलाई नेपाल बास्केटवल संघका केन्द्रीय सदस्य सुरज लामा, जिल्ला संघका अध्यक्ष सुधिर लिम्बुलगायतले प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरे । सुनसरी बास्केटवल संघको आयोजना तथा धरान बास्केटवल संघको व्यावस्थापनमा आइतबार र सोमबार मैत्रीपुर्ण खेल भएको थियो । खेलमा सुनसरी, मोरङ र इलाम जिल्ला सहभागी थियो । आइतबार भएको मैत्रीपुर्ण उद्घाटन खेलमा सुनसरीले इलामलाई हराएको थियो ।








Comments
Post a Comment