सुनसरीमा किरात राई खेलकुद संघ

धरान । किरात राई यायोक्खाको भातृ संगठनकोरुपमा रहेको किरात राई खेलकुद संघको सुनसरीमा नयाँ समिति गठन भएको छ । धरान १० स्थित यायोक्खाको जिल्ला कार्यालय रहेको भवनमा मंगलवार भएको भेलाले विकास चाम्लिङ राईको अध्यक्षतामा ११ सदस्य कार्यसमितीको चयन गरेको हो ।
भेलाले समितिको उपाध्याक्षमा मनकुमार राई, सचिवमा सीता राई, सहसचिवमा विज्ञान राई र कोषाध्यक्ष नुनाम राई चयन गरेको छ भने सदस्यहरुमा नविन राई, युकेश राई, सुसीला राई, इलम राई, अमिता राई र मदनकुमार राईलाई चयन गरेको छ । कार्यसमिती थप २ जना सदस्य मनोनित गरेर १३ सदस्यीय कार्यसमिती बनाइने अध्यक्ष राईले जानकारी दिए ।
संघका केन्द्रीय सदस्य गोपाल राईको अध्यक्षतामा आयोजित भेलामा संघका केन्द्रीय अध्यक्ष महेन्द्र राई प्रमख अतिथि थिए भने यायोक्खा सुनसरी अध्यक्ष कमला राई विषेश अतिथि, नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई अतिथि थिए । नवनिवार्चित पदाधिकारीहरुलाई खेलकुद संघ धनकुटाका अध्यक्ष राकेशकुमार राईले मंगलबार नै सपथ ग्रहण गराएका थिए । नवनिवार्चित अध्यक्ष राईले सम्पुर्ण किरात राई खेलाडी, प्रशिक्षक, खेलकुदमाआवद्ध अग्रजहरुलाई समेट्दै समग्र खेलकुद विकासको लागि काम गर्ने धारणा राखे । भेलामा सयको हाराहारीमा किरात राई खेलाडी, प्रशिक्षक एवं खेलकुदसँग संबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे