प्याराग्लाइडिङ च्याम्पियनसिपको आय व्याय सार्वजनिक

धरान । चैत ११, १२ र १३ गते धरानमा आयोजना भएको प्रथम राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपको स्थानीय संयोजक रहेको एक्स्ट्रीम धरानले प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको छ । शुक्रबार साँझ धरान १५ स्थित बिग फुट फुटसलमा पत्रकार सम्मेलन गर्दै एक्स्ट्रीमले ४१ ह्जार १६ रुपैया बराबर घाटा भएको आय व्याव विवरण सार्वजनिक गरेको हो ।
च्याम्पियनसिप अवधिमा विभिन्न संघसंस्था एवं व्यक्तिहरुबाट कुल ३ लाख ३८ हजार ५ सय ७४ आम्दानी भए पनि ३ लाख ७९ हजार ५ सय ९० रुपैया खर्च भएको कोषाध्यक्ष योगेन राईले जानकारी दिए । धरान उपमहानगरपालिका, जिविस सुनसरी र अन्य संस्थाबाट पनि आर्थिक सहयोगको आश्वासन पाएकोले घाटा पुर्ति हुने आशा रहेको उनले बताए । च्याम्पियनसिपको मुख्य आयोजक रहेको नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ संघले राष्ट्रिय खेलकुद परिषदबाट २ लाख आउने भनेपनि खेलाडी धरान ल्याउन र लैजानसँगै अन्य खर्च भएको भन्दै एक्स्ट्रीमलाई नदिइएको पनि उनले प्रष्ट्याए ।
सोही कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले च्याम्पियनसिप आयोजकलाई १५ हजार उपलब्ध गराउने निर्णय गरिएको बताए । मन्तव्यको क्रममा उनले राज्यको सहयोग विना पनि धरानले राष्ट्रियस्तको कार्यक्रम गर्नसक्छ भन्ने यो च्याम्पियनसिप आयोजनाले पुष्टि गरेको उनको भनाई थियो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले च्याम्पियनसिपले पुर्वको पर्यटन र सासहिक खेलको क्षेत्रमा महत्वपुर्ण टेवा पुगेको बताए । प्याराग्लाइडिङलाई पुर्वमा पनि स्थापित गर्न च्याम्पियनसिप र अन्य गतिविधिहरु निरन्तर आयोजना हुनुपर्ने उनले बताए ।
कार्यक्रमका संयोजक एवं एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमीले एक साताको छोटो अवधिमा पनि देश विदेशमा रहेका व्यक्ति र संघसंस्थाको सहयोगले कारण मात्र च्याम्पियनसिप आयोजना गर्न सफल भएको बताए । ‘हामीसँग एक रुपैया बजेट थिएन, समय पनि एक साता मात्रै थियो । तर, तपाईहरु जस्तै सबै सहयोगी मनहरुकै कारण धरानमा राष्ट्रियस्तरको कार्यक्रम गर्न सक्यौं’–धन्यवाद दिदै जिमीले भने–‘पर्यटन प्रर्वद्धन र विकासको लागि सबैको साथ, सहयोग हुनुजरुरी छ ।’ आय व्याय सार्वजनिक कार्यक्रममा सहयोगी विभिन्न संघसंस्थाहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे