धरानमा होण्डाको हर्नेट मोटरसाईकलको बिक्री शुरु

धरान । मोटरसाइकलका सौखिनहरुलाई लक्षित गरेर उत्पादन गरेको होण्डा कम्पनीको हर्नेट १ सय ६० सिसिको मोटरसाईकलको धरानमा पनि बिक्रीवितरण शुरु भएको छ । होण्डाको आधिकारिक बिक्रेता धरान ८ स्थित देव ट्रेडर्सले विहिबारदेखि हर्नेट मोटरसाईकलको बिक्रीवितरण शुरु गरेको हो ।
पहाडी क्षेत्रको ढुङ्गे बाटोमा गुडाउन सजिलो हुनेगरी होण्डाको हर्नेट ६ सय सिसिको मोटरसाईकल चर्चित मोडल हो । त्यसैलाई १ सय ६० सिसि मोडलमा उत्पादन गरी बजारमा ल्याइएको आधिकारिक बिक्रेता टे«डर्सका संञ्चालक देवेन्द्र कुँवरले बताए । यो मोडल मस्कुलर लुक्समा रहेको छ । नेकेड स्टाईलमा तयार भएको हर्नेटको मुल्य २ लाख ६० हजार ९ सय रुपैया छ । हर्नेट मोटरसाईकलको १ सय ६० सिसि ईन्जिनले १४ दशमलव ७६ बीएचपी पावर दिने कम्पनीको दाबी छ ।
कम्पनी तथा बिक्रेताका अनुसार अन्य कम्पनीको मोटरसाईकल भन्दा हर्नेटममा बढी पिकअप दिनेछ । रेसिङ बाईकको ईन्जिनमा प्रयोग गरिने ब्यालेन्सर प्रयोग गरिएकाले पनि अत्याधिक स्पीडमा पनि भाइब्रेसन नआउने कुवरले बताए । हर्नेटमा होण्डा ईको टेक्नोलोजि ईन्जिन प्रयोग गरीएको छ भने युरो ४ मापदण्ड अन्र्तगत तयार गरिएको छ । जसले ६० किलोमिटरको माईलेज दिने कम्पनीको दाबी छ । अन्यभन्दा बलियो, कम मर्मत खर्च लाग्ने, धेरै नबिग्रीने, चलाउन आरामदायी रहेको उनको भनाई छ । धरानको बिक्रेता कुँवरले बिक्री शुभारम्भ हुन अघि नै ९ वटा बिक्रि भईसकेको उनले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे