युवा परामर्श तालिम सम्पन्न(फोटोफिचर)

धरान । भावनात्मक एवं मानसिक विचलनलाई सही व्यावस्थापन गर्दै युवाहरुमा सकरात्मक सोचको विकास गराउने उद्देश्यले आयोजित तीन दिने युवा परामर्श तालिम मंगलबार सम्पन्न भएको छ । रुपान्तरण नेपालले आयोजना गरेको तालिममा धरानका विभिन्न उमेर समुहका २५ युवायुवतीहरु सहभागी थिए । तालिम समापन समारोहमा सहभागी युवाहरुले तालिमको सिकाई जीवनपयोगी भएको र त्यसबाट आफुहरुले धेरै फाइदा पुग्ने धारणा राखेका थिए ।
तीन दिने अवधिमा सकरात्मक सोच, तनावको व्यवस्थापन, डिप्रेशन, शैक्षिक परामर्श, नेतृत्व विकास, मनोपरामर्श, लागुऔषधलगायत बिषयहरुमा विज्ञहरुले सहजीकरण गरेका थिए । तालिममा सहभागी नेत्र रार्ईले युवाहरुमा धेरै तनाव र डिप्रेशनको शिकार हुने भएकोले त्यसको सही व्यवस्थापन गर्ने उपाय थाह पाएको बताइन् । साथै, तालिममा सिकेको ज्ञान र सकरात्मक सोचलाई जीवनमा उतार्न सबैले प्रयास गर्नुपर्ने बताइन् ।अर्का, सहभागी दिलु दर्नालले धेरै जसो युवाहरु सामाजिक, पारीवारिक कारणले डिप्रेशनमा हुने र त्यसबाट कसरी मुक्ति पाउने भन्ने थाहै नहुने बताए । ‘मनोचिकित्सकबाट जीवनपयोगी कुरा थाह पायौं, मानसिक र भावनात्मक समस्या आइपर्दा के गर्ने, कस्लाई भेट्ने थाह भयो । सधै सकरात्मक बन्ने प्रयास गर्नुपर्छ’–उनले भने । तालिम समापन समारोहका प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले युवा उमेरमा आफ्नो मनलाई नियन्त्रणमा राख्न कठिनाई हुने भएकोले सही बाटोमा हिड्न युवाहरुलाई आग्रह गरे । आवेग र रिसमा हठात निर्णय नगर्न पनि उनको सुझाव थियो ।
महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्रचार्यले युवाहरुलाई मनोपरामर्शको खाँचो रहेको उल्लेख गर्दै कुलतबाट जोगिन सकरात्मक सोचको विकास गराउनुपर्नेमा जोडदिइन् । कुलतमा फसेमा आफ्नो भविष्यसँगै परिवारको सबै सम्पत्ति स्वाहा हुने भएकोले सजग हुन उनले युवाहरुलाई आग्रह गरिन् । लुमन्ती नेपालकी फिल्ड कोअर्डिनेटर लक्ष्मी राईले स्कुल र कलेजमा सिक्न नपाइने जीवनपयोगी ज्ञान तालिम, अन्र्तक्रियाबाट पाइने बताइन् । युवा सञ्जालका अध्यक्ष प्रकाश कार्कीले तालिममा सिकेको ज्ञान आफुमा मात्रै सिमित नराखी व्यवहारमा उतार्दै परिवार, गाउँ समाजमा पनि बाड्न आग्रह गरे ।
तीन दिने तालिम धरान ८ स्थित होटल कञ्चनजंघामा आयोजना भएको थियो । विविध कारणले युवाहरुमा तनाव र भावनात्मक विचलन हुने र उनीहरु गलत बाटोमा पनि जानसक्ने भएकोले सकरात्मक सोचको विकास गराउन तालिममा सहभागी गराएको आयोजक संस्थाकी अध्यक्ष सविता राईले बताइन् । ‘युवाहरुमा धेरै कारणले तनाव र डिप्रेशन भएको हुन्छ, त्यसबाट मुक्ति दिलाउदै सकरात्मक सोचको विकास गराउन परामर्श तालिम गराएका हौं’–अध्यक्ष राईले भनिन् । तालिममा धरान उपमहानगरपालिकाको सामाजिक विकास शाखा महिला डेस्क प्रमुख हेमा थलङले मनोसामाजिक समस्याबारे प्रशिक्षार्थीहरुलाई प्रष्ट्याएकी थिइन् । यस्तै, रुपान्तरण नेपालका सदस्य सुदेश चापागाईले नेतृत्व विकासबारे, अध्यक्ष राईले तनाव व्यावस्थापनबारे प्रशिक्षार्थीहरुलाई तालिम दिएकी थिइन् । दोस्रो र तेस्रो दिन सकरात्मक सोचबारे शिशिर श्रेष्ठ, डिप्रेशनबारे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा.मधुुर बस्नेत र शैक्षिक परामर्शबारे विशाल श्रेष्ठले सहजीकरण गरेका थिए भने लागुऔषधको असर, त्यसबाट जोगिने उपायबारे परामर्शदाता पर्वत राई र सरसफाई, स्वास्थ्यबारे संस्थाकी सचिव इन्द्र राईले सहजीकरण गरेकी थिइन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे