सेक्ष पर्यटन पत्रकारिता पुरस्कार दाहाललाई

धरान । नागरिक दैनिकको सहप्रकाशन शुक्रबार साप्ताहिकका गोपाल दाहाल सेक्ष पर्यटन पत्रकारिकता पुरस्कारबाट पुरष्कृत भएका छन् । सेक्ष ट्राभलिङको चौथो बार्षिकोत्सव समारोहमा दाहाल पुरस्कृत भएका हुन् । पुरस्कारको नगद राशी ७ हजार ५ सय रुपैया छ । उनलाई प्रमुख अतिथि एवं नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशी र सेक्षकी प्रबन्ध निर्देशक मगरले सम्मान पत्र, नगद, ढाकाको टोपी र दोसल्लासहित पुरस्कृत गरेका थिए ।
पर्यटन प्रर्वद्धनमा सक्रियरुपमा कलम चलाउनले एक पत्रकारलाई सेक्षले गत बर्षदेखि पुरस्कृत गर्न थालेको हो । गत बर्ष नागरिक दैनिकका धरान संवाददाता रोहित राईले यो पुरस्कार पाएका थिए । सेक्षका निर्देशक बासुदेव वरालले पर्यटनप्रति चासो र जनचेतना जगाउन आवश्यक भएकोले पत्रकारहरुलाई पर्यटनमा कलम चलाउन प्रोत्साहित र प्रेरणा दिलाउन पुरस्कारको व्यवस्था गरेको बताए ।

                   पुर्वाञ्चलमा पर्यटनको प्रचुर सम्भावना


 पुर्वाञ्चलमा धेरै पर्यटनको सम्भावना भएर पनि सहीढंगले प्रचार एवं प्रर्वद्धन हुन नसक्दा अपेक्षा गरेअनुसार पर्यटक भित्रिन नसकेको सरोकारवालाहरुले बताएका छन । धरानस्थित सेक्ष ट्राभलिङको चौथो बार्षिकोत्सव समारोहमा बोल्दै सरोकारवालाहरुले राज्यबाट पर्यटनको प्रर्वद्धनमा अपेक्षित सहयोग नपाएको पनि गुनासो गरेका छन् । साथै, उनीहरुले बन्द, हडतालमात्रै नहुने हो भने पर्यटनको प्रचुर विकास हुने धारणा राखे । पुर्वाञ्चलमा पर्यटन पुर्वाधार तथा गन्तव्य धेरै भएर पनि बजारीकरण गर्न नसक्नु मुख्य चुनौती रहेकोसमेत उनीहरुले औल्याएका छन् । पर्यटनकर्मी एवं विराट क्षेत्र पर्यटन प्रर्वद्धन समितिका सदस्य रविन गौतमले राजनैतिक नेतृत्व र सरकारले पर्यटनलाई भाषणमा प्राथमिकतामा राखेपनि व्यवहारमा भने उपेक्षा गरेको बताए । पुर्व क्षेत्र प्राकृतिक, धार्मिक दृष्टिकोणले सुन्दर भए पनि राज्यले काठमाण्डौं, पोखरा र चितवनको सौराहबाहेक नेपालमा अन्यत्र पर्यटन नभएको व्यावहार देखाउने भन्दै उनले असन्तुष्टी पोखे । ‘पुर्वमा सम्भावना धेरै छ, तर गर्न सकिएको छैन । बन्द, हडताल मात्रै नहुने हो भने पर्यटनसँगै आर्थिकरुपमा मुलुकले फड्को मार्छ’–गौतमले भने । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी उपस्थित कार्यक्रममा उनले ग्रीन इष्ट कार्यक्रमलाई बोर्डले क्यालेन्डरमा समावेश गरिदिन आग्रहसमेत गरेका थिए ।
पुर्वको प्रदेश नम्बर १ मा नै सगरमाथा, लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले, पाथीभारा, कोशीटप्पु, हलेसी महादेशदेखि होचो भुमि केचनासम्मका गन्तव्य छन् । यी सबै गन्तव्यलाई समेटेर प्याकेज तयार गरेर बजारीकरण गर्नुपर्ने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले धारणा राखे । पर्यटनलाई दिगो र स्थायीयत्व दिलाउन यातायात व्यावसायी, यातायात मजदुर, पर्यटकीय गन्तव्यस्थलका बासिन्दालगायत सरोकारवालामा पर्यटनको ज्ञान र चेतनाको विकास हुनु जरुरी रहेको पनि उनले औल्याए । धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले साँझ ६ नबज्दै धरानको बजार बन्द हुने गरेकोले पर्यटनमैत्री व्यावहार नभएको टिप्पणी गरे । यसमा सुधार गर्नुपर्ने सुझाव दिदै उनले पर्यटन विकासको रणनीतिक योजना बनाउने तयारी भइरहेको पनि बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले के सन्देश दिदा पर्यटक आउछन्, व्यावसायी एवं प्रर्वद्धकहरुले त्यसमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । नेपालको पर्यटन विकासमा निजी क्षेत्रको ठुलो योगदान रहेको उल्लेख गर्दै उनले भने–‘गन्तव्यको दृष्टिकोणले अथाह सम्भावना छ, मार्केटको हिसाबले पनि चीन र भारत छ तर हामी ठिकढंगले मार्केटिङ गर्न चुकेका छौं, कम्युनिकेशनले चुकेका छौं ।’ काठमाण्डौं आएका पर्यटकलाई अन्यत्र पठाउन नसकिने भएकोले पुर्व र पश्चिमका पर्यटकीय गन्तव्यको आसपासमा नै पर्यटक खोज्नुपर्ने बोर्डको अवधारणा रहेको उनले प्रष्ट्याए । ‘पुर्वलाई पुर्वकै वरीपरीको पर्यटक खोज्ने र पश्चिमलाई पनि पश्चिमकै वरीपरीको पर्यटक खोज्नुपर्छ । काठमाण्डौं आएकालाई यता पठाउन गाह्रो छ’–उनले भने ।कक
सेक्ष ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले निजी क्षेत्रबाट पर्यटन उद्योगमा ठुलो लगानी भइरहेको भन्दै राज्यले हौसला दिनुपर्ने धारणा राखिन् । साथै उनले सेक्षले ‘निष्फ्रिकी घुम्नुस, पैसा आएर तिनुर्स’ भन्ने नयाँ प्याकेज पनि सोही कार्यक्रममा सार्वजनिक गरिन् । पुर्व क्षेत्रबाट विदेश घुम्न जाने प्रचलन बढेकोले २५ प्रतिशत मात्रै अग्रिम पैसा बुझाएर बाँकी किस्तामा तिर्ने सुविधासहितको यो प्याकेज ल्याएको उनले खुलाइन् । ‘यो प्याकेजमा सिंगापुर, थाइल्याण्ड, दुबई, मलेसिया, वंगलादेशको ढाका र भारतको अन्डरमानलाई समेटेका छौं, ४ देखि ७ दिनको प्याकेज हो । जो जहाँ जान चाहनुहुन्छ, त्यसैअनुसारको खर्च छ’–उनले भनिन् ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे