मैत्रीपुर्ण बास्केटवलमा सुनसरी विजयी

धरान । गत बर्ष वैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली स्वरुप धरानमा दुई दिने मैत्रीपुर्ण बास्केटवल खेल शुरु भएको छ । धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित बास्केटवल कोर्टमा आइतबार भएको पहिलो खेलमा सुनसरी जिल्लाको टिमले इलामलाई ४८ – ४५ स्कोरको झिनो अन्तरले हरायो ।
सुनसरीले पहिलो र दोस्रो क्वार्टरमा इलामविरुद्ध १२–१०, १६ –१४ स्कोरको अग्रता लिएको थियो भने तेस्रो क्वार्टरमा इलामले सुनसरी विरुद्ध १३ –९ स्कोरको अग्रता लिदै खेलमा बराबर स्कोर बनाएको थियो । तर, चौथो तथा अन्तिम क्वार्टरमा सुनसरीले १३–८ को अग्रता लिएपछि भने खेलमा सुनसरीले बाजी मार्यो । उद्घाटन खेलमा सुनसरीका हेमन राईले व्यक्तिगत १५ स्कोर गरेका थिए ।
दुई दिने मैत्रीपुर्ण खेल सुनसरी बास्केटवल संघको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा भएको हो । मैत्रीपुर्ण खेलमा सुनसरी, मोरङ्ग र इलाम गरी तीन जिल्लाको टिमले सहभागीता जनाएको छ । सोमबार मोरङ्ग र इलामबीच मैत्रीपुर्ण खेल हुने आयोजक संघका सचिव नारायण सुवेदीले जानकारी दिए । ‘गत बर्ष आजकै दिन भुकम्पले हजारौको ज्यान लियो, लाखौं घरबारहिविन भयो । त्यही भुकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली दिन मैत्रीपुर्ण खेल आयोजना गरेका हौं’–सुवेदीले भने ।
मैत्रीपुर्ण खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि एवं सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, बास्केटवल संघका केन्द्रीय सदस्य सुरज लामा, जिल्ला बास्केटवल संघका अध्यक्ष सुधिर लिम्बुले रेफ्रीलाई वल हस्तान्तरण गरेर खेल शुरुवात गरेका थिए । खेलकुद समितिका अध्यक्ष राईले सातौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर बास्केटवल कोर्टको मर्मतको लागि बजेट आएको जानकारी दिएका थिए । तर, कति बजेट आएको भन्ने चाहि उनले खुलाएनन् ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे