एकु घिमिरेको 'नौमतीको नौलो सरगम' सार्वजनिक

धरान । इलामको श्रीअन्तुमा स्कुल पढ्दादेखि नै एकु घिमिरेलाई साहित्यमा रुचि जागेको थियो । उच्चशिक्षा अध्ययनको क्रममा धरान आएपछि यहाँको साहित्यिक वातावरणले उनको साहित्यप्रतिको लगावलाई थप मलजल गर्यो । एक दशकसम्म त उनले सप्तकोशी एफएमका निरन्तर साहित्यिक कार्यक्रम चलाए । विभिन्न पत्रपत्रिकामा पनि साहित्यिक लेख, रचना लेखिरहे ।
करिब तीन बर्षअघिदेखि उनी अचानक धरान र यहाँको साहित्यिक माहौलमा देखिन छोडेका थिए । उनै युवा साहित्यकार घिमिरे यो साता भने साहित्यिक कोसेली लिएर कर्मथलोमा झुल्किए । गएको शनिबार उनको गजल संग्रह ‘नौमतीको नौलो सरगम’ को धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा लोकार्पण भयो । संग्रहमा ६३ वटा गजलहरु संग्रहित छन् । ‘प्रेमकका करा कमै छन् । सामाजिक समस्याहरुको उठान बढी छ’–संग्रहबारे घिमिरेले भने–‘ब्यांगात्मक पनि छ, तल्लो वर्गको कुराहरु छन् ।’
तीन बर्षदेखि उनी नेपाल टेलिकममा प्रविधिक जागिरे बनेर संखुवासभाको चैनपुरमा छन् । त्यही भएर पुर्वको साहित्यिक गतिविधिमा उनको भौतिक उपस्थिति न्युन छ । साहित्यिक मन एक ठाउँमा बाधिएर बस्न गाह्रै हुन्छ । त्यसमाथि उनी प्राविधिक जागिरे । साहित्य र जागिरबीच तारतम्य मिलाउन गाह्रै होला नि ? तर, उनको जवाफ यस्तो छ–‘ज्यानले अफिसियल काम गर्छ, तर मनले साहित्यिक काम नै गरिराखेको हुन्छ ।’ अफिसको कामले गुलिरहदा मनमा गजल, कविता फुर्छ । उनी त्यसलाई समय मिलाएर टिपोट गर्दा रहेछन् ।
चैनपुरमा धरान, इटहरीतिर जस्तो बाक्लो साहित्यिक गोष्ठी, कार्यक्रमहरु हुदैन । साहित्यिक साथीभाई पनि कमै भेटिन्छन् । जति भेटिन्छन्, विसुद्ध अग्र्यानिक भेटिने उनको अनुभव छ । धरानतिरको कार्यक्रममा सर्जक(साहित्यकार)को भीड हुन्छ, पाठक श्रोताको संख्या भने न्युन । चैनपुरको साहित्यिक वातावरण भने ठिक उल्टो । त्यहाँ लेखक, साहित्यकार कम छन्, तर स्रोता धेरै । ‘लेखक, साहित्यकार थोरै छन्, तर जति भेटिन्छन् विसद्ध अग्र्यानिक हुन्छ । सृर्जनामा गाउँकै कुरा हुन्छ, ओरिजिनल स्वाद पाइन्छ’–घिमिरेले भने–‘यहाँ लेखक कम तर स्रोता धेरै हुन्छन्, यसले उर्जा थपिन्छ ।’
स्कुलबाटै साहित्यमा रुचि भएका घिमिरेको लेखनी भने ०५२ सालदेखि निरन्तरता पाएको हो । उनको गत बर्ष चैत २० मा कविता संग्रह एउटा बाटो गाउसम्म प्रकाशित भइसकेको थियो । गत शनिबार उनको गजल संग्रहको प्राज्ञद्धय उपेन्द्र पागल, राम धामी, वरिष्ठ साहित्यकार अनिल पौडेल र सुनसरी–मोरङ इलामेली समाजका अध्यक्ष कृष्ण शाहले संयुक्तरुपमा लोकार्पण गरेका थिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे