न्यु इयर इभमा ग्राण्ड फेशन नाईट

धरान ।  नेपाली नयाँ बर्षलाई धुमधामले स्वागत गर्ने युवाहरुको तयारी भइरहदा धरानमा चैत ३० गते ग्राण्ड फेशन नाइट हुने भएको छ । धरान १९ स्थित ब्रिटिश सामुदायिक हलमा हुने कार्यक्रममा स्थानीय मोडलसँगै अन्र्तराष्ट्रिय मोडलहरु पनि र्याम्पमा उत्रने आयोजकले जनाएको छ । आयोजक एन.जि.(नेक्स्ट जेनेरेशन)ले पत्रकार सम्मेलन गर्दै फेशन शो पछि चर्चित डिजेहरुले मनोरञ्जन दिलाउने जनाएको छ । ‘नयाँ बर्षलाई फरक किसिमले स्वागत गरौं भनेर न्यु इयर इभमा यो कार्यक्रमको तयारी गरेका हौं’–फेशन नाइटमा होस्ट रहेका राजदीप राईले भने–‘फेशन पछि डिजे सेसन शुरु हुन्छ । युवा पुस्ताई फेशनमा रुचि जगाउने र अपडेट गराउने पनि उद्देश्य हो ।’
आयोजकका अनुसार फेशन शोमा लेहङ्गा, समय वेयर र क्याजुअल पहिरनमा मोडलहरु क्यावक गर्नेछन् । क्याटवकमा मिस हङकङ नेपालकी सेकेण्ड रनरअप रुत्सा राई, मिस दिल्लीकी फष्ट रनरअप प्रियंका चौधरी, मिस पुर्वाञ्चलकी सेकेण्ड रनरअप निलम थापा, मिस पुर्वेली सुपर मोडलकी सेकेण्ड रनरअप श्रेया हमाल विभिन्न पहिरनमा र्याम्पमा उत्रनेछिन् । यस्तै, मोडलहरु सोनाली ताम्रकार, सुस्मिता राई, सब्बु श्रेष्ठ, मेलिना रुम्बा, बेबिका लोहनी र जुली पनि क्याटवक गर्ने आयोजकले जनाएको छ । मोडलहरुलाई कोरियोग्राफर लिसा लबुङले एक सातादेखि क्याटवक प्रशिक्षण दिइरहेकी छिन् । फेशन पछि सहभागी युवाहरुलाई चर्चित डिजे जेन्नी र चितवनका डिजे ज्याकले डिजेइङमार्फत मुग्ध पार्नेछन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे