गोर्खा ट्रेलको प्रर्वद्धनमा भुपु लाहुरेहरु(फोटोफिचर)
धरान । धरानलाई बस्न लायक आवासिय शहर बनाउन योगदान पुर्याएका भुपु ब्रिटिश गोर्खा लाहुरेहरु अचेल धरान र आसपासको क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन कम्मर कसेर लागिपरेका छन् । केही बर्ष अघिदेखि धरान उपमहानगरपालिका २६ स्थित माछामारा डाँडामा ब्रिटिश गोर्खा स्मृति पार्क निर्माणमा जुटेका भुपु लाहुरेहरुले साविक विष्णुपादुका गाउँमा पर्यटन विकास तथा प्रर्वद्धन गर्न भर्खर गोर्खा ट्रेल(पदयात्रा)को शुरुवात गरेका छन् । आफ्नो ठाउँमा पदमार्ग पहिचान भएसँगै पदयात्रामा पर्यटकको आगमन हुने अपेक्षाले स्थानीयबासी पनि उत्साही छन् ।
धरान २६ स्थित भञ्ज्याङबाट शुरु हुने पदयात्राको गन्तव्य कोका नदी तरेर छुमाला गाउँ उकालिदै कन्या भिर(डाँडा) चढेर महाभारत पर्वतश्रृंखलामा पर्ने धरान २५ मा अवस्थित ऐतिहासिक झण्डी डाँडा हो । यो डाँडाको उचाई समुन्द्री सतहदेखि १५१९ मिटर रहेको छ । जुन अर्को पर्यटकीयस्थल भेडेटार भन्दा पनि उचाईमा रहेको छ । यो झण्डी डाँडाबाट हिमश्रंखलासँगै पहाडी जिल्ला, तराईको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । फर्कदा बंशीला गाउँ हुदै विष्णुपादुका र धरानको मनोरम दृष्य अवोलकन गर्दै फर्कन सकिन्छ भने अर्को रुटबाट फर्कदा सीता पोखरी, गौधारा शंखधारा हुदै पौराणिक महत्वको विष्णुपादुका मन्दिरको दर्शन गर्न पनि सकिन्छ ।
यो पदमार्ग करिब १७ किलोमिटर दुरीको छ । फागुन दोस्रो सातातिर पदयात्रामा जादा झण्डी डाँडा क्षेत्रमा गुराँस ढपक्कै फुलेको हुन्छ । ब्रिटिश गोर्खा स्मृति पार्कले यो पदमार्गको प्रर्वद्धन गर्न शनिबार केही पत्रकारसँगै विष्णुपादुकाका स्थानीय सरोकारवाला र आफ्ना भावी पुस्ता(भाञ्जा)हरुलाई ट्रेल(पदयात्रा)मा लगेको थियो । पदयात्रामा इस्पोसँगै भुपुलाहुरेहरु सिंहबहादुर लिम्बु, टिकमणी राई, टिकासिं लिम्बु, बाबुराम लिम्बु सहभागी थिए । यस्तै, भुपु लाहुरे परिवारबाट सुवित्रा राई, चन्द्रमाया लिम्बु र देविका राई थिइन् । स्थानीयबाट विष्णुपादुका गाविसका पुर्वअध्यक्ष मणीराम राई, अगुवा कृषक युवा पदम लिम्बु पनि सहभागी थिए । झण्डी डाँडामा ब्रिटिश गोर्खा स्मृति पार्कको झण्डा पनि राखिएको थियो ।
यो पदमार्गको उचि विकास र प्रर्वद्धन गर्न सके यो क्षेत्रको पर्यटकीय विकाससँगै आर्थिक, सामाजिक विकासमा पनि टेवा पुग्ने भुपु लाहुरेका अगुवा एवं पार्कका सल्लाहकार गजेन्द्र इस्पोको भनाई छ । यो पदमार्गसँगै पर्यटन प्रर्वद्धनको लागि उपमहानगरपालिका, पर्यटनसम्बद्ध सरोकारवाला संघसंस्था र स्थानीयलाई आह्वान गर्दै सहकार्य गर्ने इस्पोले बताए । ‘यो क्षेत्र पर्यटकीय विकासको सम्भावना बोकेको ठाउँ हो, हामीले गोर्खा ट्रेल भनेर नयाँ पदमार्गको पहिचान गरेका छौं’–इस्पोले भने–‘पर्यटकहरुलाई ग्रामिण परिवेश, प्रकृतिक सौन्दर्यमा रमाउन सक्ने सुन्दर पदयात्रा हुन्छ । यसको प्रर्वद्धन र विकासको लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग सहकार्य गछौं ।’
झण्डी डाँडालाई गन्तव्य बनाएर पदमार्ग पहिल्याउने योजना करिब तीन बर्षअघिदेखिको हो । गोर्खा स्मृति पार्कका परिकल्पनाकार एवं भुपु लाहुरे रमेश राईका अनुसार पार्क घुम्न आउने पर्यटकहरुलाई पदयात्रामा लैजाने सोचअनुसार पदमार्गको खोजी गरिएको हो । उनको अवधारणाअनुसार झण्डी डाँडा मात्रै पदयात्राको अन्तिम गन्तव्य होइन । त्यहाँबाट भेडेटार पुर्वको टाकुरे डाँडासम्म पदमार्ग रुट बनाउने उनको भावी योजना छ । ‘पर्यटकलाई पार्कमा बास गराउने र पदयात्रामा लैजाने सोचअनुसार यो गोर्खा ट्रेल तयार भएको हो । भर्जिन रुट भएकोले केही अफ्ठ्यारो पनि छ’–राईले भने–‘यो टे«ल पुरा भयो भने धरान र आसपासको क्षेत्रको विकासको ढोका खुल्छ भन्ने लाग्छ ।’
स्थानीय एवं पुर्व गाविस अध्यक्ष मणीराम राईका अनुसार झण्डी डाँडाबाट आकाश खुलेको बिहान सगरमाथा, मकालु हिमश्रृंखलासँगै सोलु, संखुवासभा, भोजपुर, उदयपुर र खोटाङ्ग जिल्लाको संगमस्थल सिलीचुङ्गसमेत देखिन्छ । तराई फाँट र सप्तकोशीको मनोरम दृष्य देखिन्छ । मिति यकिन नभएपनि यो डाँडामा उहिल्यै अनुसन्धानको क्रममा गोराहरु आएर फलामे पिलरमा झण्डा गाडेकोले नाम झण्डी डाँडा भएको राईले सुनाए । ‘एक दशकसम्म झण्डा थियो, २ जना त हेरालु नै थियो’–उनले भने–‘विकास गर्न सकियो भने यो ठाउँ रमणीय पर्यटकीयस्थल बन्छ । यहाँ धेरै जडिबुटीहरु पनि छ, जैविक विविधताले पनि धनी ठाउँ हो ।’
..............................................
एक समय थियो, भुपु ब्रिटिश लाहुरेलाई ‘जवानी विदेशमा विताउने र पेन्सन थाप्न आफ्नो देशमा आउने’ व्यक्तिकोरुपमा चित्रण गरिन्थ्यो । आवासिय भिषा पाउने भएपछि पेन्सन पकाएका भुपु लाहुरेहरु फेरी बेलायत जाने लर्को लाग्यो । आफ्नै देश पनि उनीहरुलाई विरानो झै बन्यो ।
अपवादमा लाहुरेको शहर भनिएको धरानमा केही यस्ता भुपु ब्रिटिशि लाहुरेहरु पनि छन् । जसलाई आवासिय भिषा र बेलायतको मोहले तानेन । उनीहरु आफ्नै ठाउँमा बस्न रमाएका मात्र छैनन्, यहाँको विकास निर्माणमा पनि अहोरात्र जुटेका छन् । लाहुरेहरु पैसा र सुखको पछि मात्र दौडन्छन् भन्ने समाजको हेराईलाई परिवर्तन गर्न उनीहरु हरदम तल्लिन छन् । धरानमा १० हजार घरधुरी भुपु लाहुरेको बसोबास भएको अनुमान छ । ती मध्ये ७५ प्रतिशत बेलायत गइसकेका छन् । बाँकी २५ प्रतिशत भुपु लाहुरेहरुमध्ये अधिकांश समाजसेवामा छन् ।
त्यसो त धरानलाई बस्न लायक सुन्दर आवासिय शहर बनाउन भुपु लाहरेहरुको ठुलो योगदान छ । लाहुरे समुदायकै कारण चिटिक्कको घर, सुन्दर फुलबारी, फराकिलो पक्की सडक र ढल निर्माणमा जनसहभागीताको नमुना शहर भनेर धरानको परिचय बनेको हो । आवासिय भिषाको मोह त्यागेका भुपु लाहुरेहरु पछिल्लो धरान र आसपासको ठाउँमा पर्यटन विकास एवं प्रर्वद्धनमा तल्लीन छन् । ‘हामीले जवानी त विदेशको सेवामा बितायांै, कमसे कम बाँकी समय आफ्नो माटोको लागि, देशको लागि केही गरौं भन्ने हो’–ब्रिटिश गोर्खा स्मृति पार्कका परिकल्पनाकार रमेश राई भन्छन्–‘क्रंक्रिटको घर बनाएर मात्रै विकास हुने होइन, त्यसैले अहिले पर्यटनको विकास, प्रर्वद्धनमा पनि छौं ।’
भुपु लाहुरेहरुले धरानको पश्चिाउत्तरी कन्येभिर(डाडा) हुदै झण्डी डाँडासम्मको नयाँ गोर्खा ट्रेल(पदयात्रा)को पहिचान गरेर ग्रामिण पर्यटनलाई गति दिन खोजीरहेका छन् । त्यसो त विष्णुपादुका धरान उपमहानगरपालिकामा गाभिनुअघि नै ०६५ सालदेखि धरानका भुपु लाहुरेहरुले माछामारा डाँडामा गोर्खालीको इतिहास निर्माणसँगै पर्यटन विकासको महत्वकांक्षी योजना अघि बढाइरहेका थिए । करिब १२ बिघा जमिन खरीद गरेर उनीहरुले ब्रिटिश गोर्खा स्मृति पार्क निर्माण थालेदेखि नै माछामारा डाँडा र भञ्ज्याङ सर्वत्र चर्चामा छ । त्यहाँ घुम्न पुग्नेहरुको संख्या बढेको छ भने स्थानीय होटल, पसलहरुमा कारोबार पनि वद्धि भएको छ । ‘हामीले आयमुलक काम गरेका होइनौं, पार्क बनाउनुमा हाम्रो पुर्खाहरुको इतिहासलाई जोगाउदै अध्ययनथलो बनाउनु र यो क्षेत्रमा पर्यटनको विकास गर्नु नै हो’–पार्कमा सल्लाहकार गजेन्द्र इस्पो भन्छन् –‘धरानलाई बस्न मात्रै होइन, पर्यटकीय शहर बनाउन पनि हामी लागिपरेको हो ।’ पार्कमा हाल आयो गोर्खा भन्ने खुकुरी बोकेको प्रतिकसहितको स्मारक निर्माण हुदैछ भने सेमिनार हलसहितको चमेना गृह बन्दैछ । अन्य थुप्रै संरचनाहरु बन्ने क्रममा छन् ।

परिचय फेर्दै भुपु लाहुरेहरु

Comments
Post a Comment