सातौं मिस्टर पुर्वाञ्चलको तयारी

धरान । सातौं मिस्टर पुर्वाञ्चल खुल्ला क्षेत्रीय शारीरिक सुगठन प्रतियोगिताको फाइनल बिहिबार हुने भएको छ । धरान १५ स्थित एलाइनेट जिम हलले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ ।
धरान ८ स्थित सभागृहमा हुने दुई दिने प्रतियोगिताको पहिलो दिन प्रि जजिङ राउण्ड हुनेछ भने दोस्रो दिन बिहिबार फाइनल स्पर्धा हुनेछ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष एवं प्रतियोगिताको संयोजक बिक्रम लिम्बुले जानकारी दिए । ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा छ, ४ तौल समुहमा ३० जना जति खेलाडीहरु सहभागी हुने अपेक्षा छ’–उनले भने । प्रतियोगितामा सुनसरी, मोरङ, झापा, सप्तरी र भोजपुर जिल्लाबाट खेलाडी सहभागी हुने उनले बताए ।
6th Mr Purwanchal Paras Bhujel
पहिलो दिन प्रि जजिङ राउण्डमा सहभागी खेलाडीमध्येबाट प्रत्येक तौल समुहबाट ५ जना मात्रै फाइनलको लागि छनौट गरिने आयोजकको भनाई छ । बिहिबार प्रत्येक तौल समुहमा स्पर्धा हुनेछ र तौल समुहमा प्रथम हुने खेलाडीले मात्रै मुख्य उपाधिको लागि ओभरअल राउण्डमा प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगितामा भाग लिन एउटा क्लबबाट एक तौल समुहमा बढीमा २ जना खेलाडी गरि ४ तौल समुहमा गरि जम्मा ८ खेलाडी र एक मेनेजरले मात्रै भाग लिन पाउने संयोजक लिम्बुले बताए । उनका अनुसार खेलाडीले अनिवार्यरुपमा नागरिकता पेश गर्नुपर्ने र नागरिकताको स्थानबाट मात्र सहभागी हुन पाउनेछन् ।
प्रथम हुने खेलाडीले मिस्टर पुर्वाञ्चलको उपाधि ट्रफीसँगै नगद ६० हजार पाउनेछन् भने फिटनेश च्वाइस काठमाण्डौंले प्रायोजन गरेको २५ हजार बराबरको जगर मेशिन पनि पाउने आयोजक एलाइनेट जिमका सचिव हिमाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुनेले नगद ३० हजार, तेस्रो हुनेले नगद २० हजार र चौथो हुने खेलाडीले नगद १५ हजार पाउनेछन् । यस्तै, वेष्ट पोजर, मोस्ट मस्कुलर मेन र मोस्ट इम्प्रुपभर घोषित खेलाडीले जनही नगद ५ हजार पाउने आयोजकले जनाएको छ । गत सँस्करणभन्दा प्रथम पुरस्कारमा १० हजार र अन्यमा ५ हजार नगद वृद्धि गरिएको हो । प्रतियोगिताको पाँचौं र छैटौं सँस्करण धरानका पारस भुजेलले जितेका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे