मिस एसएलसीको अडिशन सम्पन्न(फोटोफिचर)


धरान । तेस्रो टेष्टी टेष्टी मिस एसएलसी २०१६ को अडिशन मंगलबार सम्पन्न भएको छ । सिद्धि नेवा परिषदमा भएको अडिशनमा ३७ जना छात्राहरु सहभागी भएका थिए । प्रतियोगितामा ४० जनाले फारम भरे पनि ३७ जना अडिशनमा उपस्थित भएको आयोजक धरान जेसिजले जनाएको छ ।
आयोजकले अनिवार्य भनेपछि अडिशनमा प्रतियोगी छात्राका अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । एसएसली परीक्षा दिएका छात्र छात्राहरुको खाली समय सदुपयोग गर्ने र उनीहरुमा अन्र्तनिहित प्रतिभा प्रष्फुटन गराएर समाजको अघि प्रस्तुत गराउने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको हो । अडिशनमा सहभागी छात्रछात्राहरु थोरै नर्भस तर निक्कै उत्साहित थिए । भविष्यमा आफ्नो क्यारियर विकास गर्न युनिभर्सल आइकोन र मिस एसएलसी जस्ता कार्यक्रम प्लेटफर्म भएको उनीहरुको धारणा छ । ‘म भविष्यमा एयर होस्टेज बन्न चाहन्छु, र सामाजिक कामहरु पनि गर्न चाहन्छु । त्यसको लागि यो कार्यक्रम प्लेटफर्म बन्छ भन्ने लागेर अडिशनमा आएकी हो’–मिस एसएलसीकी प्रतियोगी धरान ८ की मनिमा लिम्बुले भनिन् । उनले जुनियर पायनियर स्कुलबाट एसएलसी दिएकी हुन् ।
मिस एसएलसीतर्फ कम्तीमा ३० जना प्रतियोगी छनौट गरिने र जेठ ७ गतेदेखि विभिन्न तालिममा सहभागी गराउने आयोजक धरान जेसिजका अध्यक्ष अतुलदिप श्रेष्ठले जानकारी दिए । छात्राहरुलाई र्यामवर्क, प्रभावकारी भाषण कला, उद्घोषणकला, लाइफ स्किल, बेसिक मेकअप, विहेवियर, सेल्फ डिफेन्स, मोटिभेशन, टाइम म्यानेजमेन्टलगायत तालिमहरु दिइनेछ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे