एकल नृत्य प्रतियोगिता हुने


धरान । ‘प्रतिभाको विकास स्कुल स्कुलबाट’ भन्ने नारासहित सुनसरी जिल्ला अन्तर विद्यालय स्कुल स्कुलमा एकल नृत्य प्रतियोगिता २०७३ आयोजना हुने भएको छ । धरान ९ स्थित युनाइटेड मल्टि आर्टसले नृत्य प्रतियोगिताको अडिशन यही जेठ १९ गते बुधबारबाट शुरु हुने जानकारी दिएको छ ।
‘अडिशन बुधबार धरान १९ को आवर होम बोर्डिङ स्कुलबाट शुरु गछौं, सुनसरी भरिका ४० वटा निजी र सरकारी स्कलहरुमा अडिशन गछौं’–प्रतियोगिताको संयोजक मिलन भुजेलले भने । उनका अनुसार अडिशनमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । स्कुलमा शैक्षिक ज्ञानसँगै बालबालिकाहरुमा कला, सँस्कृतिप्रति आकर्षण गर्न र शारीरिक, बौद्धिक विकास गराउने उद्देश्य भएको उनले बताए ।
अडिशनबाट पहिलो चरणमा १ सय ५० प्रतियोगीहरुलाई छनौट गरिने आयोजकले जनाएको छ । त्यसपछि क्रमशः नेपाली मोर्डन राउण्ड, नेपाली फिल्मी राउण्ड, कल्चरल एण्ड जज राउण्ड हुदै टप १५ छनौट गरिनेछ । टप १५ मा छनौट हुने प्रतियोगीहरुले नै फाइनलमा उपाधिको लागि स्पर्धा गर्ने आयोजक आर्टस् व्यावस्थापक सन्तोष तामाङले जानकारी दिए । उनका अनुसार फाइनलमा प्रतियोगिहरुले कल्चरल नृत्य मात्रै प्रस्तुत गर्न छुट दिइनेछ भने उनीहरुलाई साँस्कृतिक पहिरनमा फेशन शोमा पनि उतारिनेछ । ‘फाइनलमा कल्चरल नृत्यमा मात्रै प्रस्तुत गर्न दिइनेछ, साथै प्रतियोगीहरुलाई कल्चरल फेशन शोमा पनि प्रस्तुत गरिनेछ’–व्यावस्थापक तामाङले भने ।
प्रतियोगिताको फाइनल मंसिर तेस्रो साता धरानमा हुनेछ । प्रथम हुनेले नगद २० हजार, ट्रफी र चाँदीको क्राउन पाउनेछ भने दोस्रोले १० हजार, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यस्तै, तेस्रो हुनेले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ भने अन्यलाई ट्रफी र प्रमाणपत्र दिइने आयोजकको भनाई छ । टप १५ प्रतियोगिहरुलाई धरान आसपासको पर्यटकीय क्षेत्रहरुको भ्रमण पनि गराइने व्यावस्थपक तामाङले बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे