मिस एसएलसी २०१६ को तयारी हुदै


धरान । एसएलसी परीक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई तालिमको माध्यमबाट निखार ल्याउन र क्षमता अभिवृद्धि गराई समाजमा प्रस्तुत गराउने उद्देश्यले तेस्रो टेस्टी टेस्टी मिस एसएलसी २०१६ आयोजना गरिने भएको छ ।
आयोजक धरान जेसिजले शनिबार पत्रकार सम्मेलन गर्दै जेठ ४ गते अन्र्तवार्ता लिएर प्रतियोगिहरुलाई छनौट गर्ने जनाएको छ । जेठ ५ गते नतिजा प्रकाशन गरेर छनौट भएका छात्राहरुलाई जेठ ७ गतेदेखि विभिन्न तालिममा सहभागी गराउने आयोजक संस्थाले जानकारी दिएको छ । अडिशनमा सहभागी संख्याको आधारमा २५ देखि ३० जनासम्म प्रतियोगी छात्राहरुलाई छनौट गरिने संस्थाका क्रिएटिभ डाइरेक्टर दोर्पध्वज राईले बताए । उनका अनुसार जेठ २८ गते प्रतियोगिताको ग्राण्ड फाइनल हुनेछ ।
‘कार्यक्रमको उद्देश्य छात्राहरुलाई विभिन्न तालिम दिलाएर उनीहरुमा अन्तरनिहित प्रतिभा निखार ल्याएर समाजमा प्रस्तुत गराउने हो, त्यसैले हामी सहभागी छात्राहरुको व्यक्तित्व विकासमा मात्र केन्द्रीत हुन्छांै’–उनले भने–‘छनौट भएका छात्राहरुलाई विभिन्न १६ वटा बिषयमा तालिम दिलाउछांै, जसले उनीहरु समाजमा आफुलाई उभ्याउन सक्ने आत्मविश्वास बढाउनेछ ।’ यसअघिका दुई सँस्करणमा सञ्चालन गरिएको तालिमबाट अभिभावक र सहभागी छात्राहरु ज्यादै खुशी भएको उनको दाबी थियो ।
आयोजक संस्थाले दिएको जानकारी अनुसार छात्राहरुलाई र्यामवर्क, प्रभावकारी भाषण कला, उद्घोषणकला, लाइफ स्किल, बेसिक मेकअप, विहेवियर, सेल्फ डिफेन्स, मोटिभेशन, टाइम म्यानेजमेन्टलगायत तालिमहरु दिइनेछ । प्रतियोगितामा ०७२ मा एसएलसी दिएका १४ देखि १९ बर्षसम्मका छात्राहरुले भाग लिन पाउनेछन् । क्वालिटी फुड्स एण्ड डाइट प्रालि मुख्य प्रायोजक रहेको मिस एसएलसी विजेतालाई धरान उच्चमाविले कक्षा ११ र १२ निःशुल्क पढाउने सहमति भएको धरान जेसिजका अध्यक्ष अतुलदिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार विजेताले उपाधि ताजसँगै नगद, गिफ्ट ह्याम्पर र मिस टिनमा सहभागी हुने अवसर पाउनेछन् । फष्ट रनरअप र सेकेण्ड रनरअपले पनि क्राउनसँगै नगद पाउनेछन् ।
नगद कति दिने भनेर निर्णय पछि गरिने भएपनि गत सँस्करणभन्दा कम नहुने आयोजकले प्रष्ट्याएको छ । गत बर्ष विजेताले नगद ३० हजार, फष्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले नगद २० हजार पाएका थिए । धरान उच्च माविले फष्ट रनरअप र सेकेण्ड रनरअपलाई पनि ५० प्रतिशत छात्रवृत्ति दिने निर्णय गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रतियोगितामा मिस ट्यालेण्ट, मिस पर्सनालिटी, मिस ब्युटिफुल, मिस फोटोजेनिक, मिस क्याटवक, मिस फ्रेण्डसिप, मिस वेष्ट ड्रेस र मिस एक्टिवको पनि अवार्ड वितरण हुनेछ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे