धरानमा साकेला उभौलीको रौनक(फोटोफिचर)
धरान । सधै गाडीको चर्को हर्न र आवाज गुञ्जिने धरानको भानुचोक क्षेत्रमा आइतबार मध्याह्न भने ढोलको ‘ढ्याङक्कुढ्याङकु’ र झ्याम्टाको ‘झ्याम्झ्याम’ आवाज घन्किन थाल्यो । मौलिक भेषभुषमा सजिएका किरात राई युवायुवती, वृद्धवृद्धाहरु गोलाकार भएर साकेला सिली नाच्न थालेपछि भानुचौक साकेलामय बन्यो । सबै एकै स्वरमा गाउन थाले,
सिन्कौली सेउली सेलेले
नाचीमा जौ है पेपेले...
सोई ढोले सोइ, अर्को ढोले खोई...।
ढोल र झ्याम्टाको तालसँगै किराती तरुनी तन्नेरीहरु सिली नाच्न थालेपछि सिको गर्दै साकेला नाच्न झ्याम्मिनेहरु थुप्रै भए । पश्चिमी गीत, संगीतमा झुम्ने युवायुवतीहरु पनि मौलिक पहिरनमा सजिएर साकेला सिली नाचिरहेका थिए । राईहरुले बैशाख पूर्णेदेखि १५ दिनसम्म लगातार साकेला नाचेर उभौली मनाउने गर्छन् । केटाकेटी, युवा र वृद्धवृद्धा गरी तीन पुस्ता आफ्नो सस्ँकृति र पहिचान जोगाउन एकै लहरमा थिए । किरात बाहुल्य गाउँघर र शहरमा अब दुई सातासम्म ढोल र झ्याम्टाको तालमा साकेला सिलीले यसरी नै रौनक थप्छ । ‘साकेला हाम्रो सँस्कृति हो, त्यसैले जोगाउनुपर्छ भनेर नाच्छु’–धरान ८ की ३५ बर्षी ममता राईले भनिन् । उनी जस्तै पछिल्लो समय किराती युवापुस्तामा आफ्नो सँस्कृति प्रतिको मोह बढ्दो छ ।
ढोल र झ्याम्टाको तालमा राईहरुले साकेला सिली नाच्न थालेपछि अब खेतीपाती गर्ने समय शुरु भएको संकेत पनि गर्यो । खेतीपातीको समय आएपछि चार किराती राई, लिम्बु, सुनुवार र याक्खा जातिले बैशाखे पुर्णेमा उभौली पूजा गर्छन् । खेतीपाती शुरु गर्नुअघि किरातीहरुले बर्षा राम्रो होस, उब्जनी राम्रो होस, रोगब्यधा नलागेस्, शुखशान्ति मिलोस भन्ने प्राथना गदै प्रकृति र पितृहरुलाई पुज्ने गर्छन् । यसैलाई उभौली चाड भनिन्छ । उभौली लागेपछि बेसी झरेका कर्याङ कुरुङ र माछा लेक चढ्छन् । यस्तै, मंसिरे पुर्णेमा पाकेको अन्नबालीलाई घरभित्र हुलेर सबैभन्दा पहिला आफ्ना पितृहरुलाई चढाई आशिक मागेर परिवारबीच भेटघाट गरी साकेला नाचिन्छ । यो चाडलाई भने उधौली भनिन्छ ।
किरात राईहरुको चाड साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा उपमहानगर समितिले आइतबार भानुचोकमा साकेला सिलि प्रर्दशनी कार्यक्रम आयोजना गरेको थियो । जहाँ धरान उपमहानगरभित्रका यायोक्खाको प्रारम्भिक कार्य समितिहरुको साँस्कृतिक टोलीले साकेला सिली प्रर्दशन गर्यो भने यसपाली किरात याक्थुङ चुम्लुङको केलाङ(च्याब्रुङ) नाच पनि बिशेष आकर्षण रह्यो । यायोक्खा र चुम्लुङबीच पहिचान र अधिककारको आन्दोलनमा सहकार्य गर्ने सहमति भएसँगै चुम्लुङको साँस्कृति टोलीले साकेलामा उपस्थिति जनाएको हो ।
यायोक्खा जिल्ला कार्यसमितिले शनिबारै विजयपुरगढीमा अवस्थित किरात हाङ बुद्धिकर्णको दरबारस्थलमा भुमिपुजा गरेर साकेला सिलीको शुरुवात गरेको थियो । जेठ २२ गतेसम्म धरानसँगै पकली, विष्णुपादुका, दुहबी, पाँचकन्या, इटहरी, भरौल, चतरा, इनरुवालगायत स्थानमा पनि साकेला सिली प्रर्दशनी गरिने यायोक्खाले जनाएको छ । यायोक्खा उपमहानगर अध्यक्ष जागिरमान राईको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रीय अध्यक्ष तिलक राईले प्रस्तावित किरात राज्यमा सबै जातजातिको पहुच र साँस्कृतिक अधिकार ग्यारेण्टी गरिएको बताए । चुम्लुङ र यायोक्खाबीच किरात र लिम्बुवान स्वायत्त राज्यबारे सिमांकनको बिषयमा मात्रै मतभेद भएको उल्लेख गर्दै पहिचान र अधिकारमुखी आन्दोलनमा सँगै आन्दोलनमा रहेको पनि प्रष्ट्याएका थिए । साथै उनले मुन्धुमी सँस्कारअनुसार गोरु वली दिन पाउनुपर्ने पनि उनले जिकिर गरे । ‘हाम्रो थातथलोमा मुन्धुमले मागेअनुसार सँस्कार गर्न पाउनुपर्छ । हामीले अरु जाति र धर्मका मानिसहरुको घरअघि गएर काट्ने होइन, हाम्रो थातथलोमा मुन्धुमले मागेको प्रयोग गर्न पाउनुपर्छ’–उनले भने ।

Comments
Post a Comment