एमालेको धरानमा कस्ले बाजी मार्ला ?(फोटोफिचर)


धरान । एमाले धरान उपमहानगर बिशेष इलाका कमिटिको ७ औं नगरअधिवेशनमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुदैछ । नेतृत्वको लागि मतदान प्रक्रिया सम्पन्न भएर अहिले मतगणना जारी छ ।
कुल ३ सय ९३ मतदाता प्रतिनिधि संख्या भएपछि २ सय ७७ मात्र मत खसेको निर्वाचन कमिटिको भनाई छ । सचिव पदबाहेक सबै पदाधिकारी र खुला सदस्यमा मतदान भएको हो । सचिवमा भने उम्मेद्वार ऋर्षिराज राईले उम्मेद्वारी फिर्ता लिएपछि राजमणी निरौला निर्विरोध निवार्चित भइसकेका छन् । धरान १५ स्थित शिक्षा सदन उच्चमाविमा मतगणना जारी छ ।
अध्यक्षमा २ कार्यकाल नेतृत्व गरिसकेका तारा सुब्बा र मदन भण्डारी फाउण्डेशनका जिल्ला सचिव किसोरकुमार कार्कीबीच प्रतिस्पर्धा छ । कार्की ओली पक्षका हुन् । यस्तै, उपाध्यक्षमा नारायण सुवेदी र हर्कजङ्ग एभेङ्गको उम्मेदवारी परेको छ । सुवेदी यसअघि पनि उपाध्यक्ष थिए भने एभेङ्ग सचिवालय सदस्य थिए । एभेङ्ग ओली पक्षका हुन् । उपसचिवमा गोपिकृष्ण खतिवडा र धनप्रसाद राईको उम्मेदवारी परेको छ । राई यसअघि पनि उपसचिव नै थिए । खतिवडा ओली पक्षका हुन् ।
यस्तै, ९ जनाको खुला सदस्य पदमा २९ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा अधिकांश युवाहरु आकांक्षी देखिएका छन् । खुला सदस्यमा उम्मेदवारी दिनेहरुमा नवराज राई, सन्तोष कोइराला, हिमाल लिम्बु, टिका माङ्ले लिम्बु, सुवास पौडेल, राजेन्द्र राई, रतन लिम्बु, दिवस राई वान्तवा, देवहाङ्ग राई, योगेशबाबु काफ्लेलगायत छन् । यस्तै, १२ जना महिला सदस्य पदकको लागि २० जनाको उम्मेदवारी परेको छ ।
तीन जनाको दलित सदस्य कोटामा पनि निर्विरोध चयन भएका छन् । जसमा रचना नेपाली, किसोर परियार र भिमबहादुर लामिछाने छन् । यस्तै, आदिबासी जनजातितर्फको सदस्य कोटामा ङावा लप्टु शेर्पा निर्विरोध निवार्चित भइसकेका छन् ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे