पत्रकारलाई प्र्रेस ज्याकेट प्रदान

धरान । स्वास्थ्यको लागि दौड कार्यक्रमलाई व्यापकता बनाइरहेको धरान रन संस्थाले पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले उपहार स्वरुप पठाएको ज्याकेज सोमबार धरानका पत्रकारहरुलाई प्रदान गरिएको थियो । राईले धरानबाट प्रकाशित पुर्णाङ्क साप्ताहिकसँग समन्वय गरि पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएका हुन् ।
साप्ताहिकले एक कार्यक्रम आयोजना गरि १० जना क्रियाशिल पत्रकारहरुलाई ज्याकेट हस्तान्तरण गरेको थियो । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य तथा ब्लाष्टका सम्पादक किसोरकुमार कार्की र पुर्णांकका कार्यकारी सम्पादक जनकऋर्षि चाम्लिङले ज्याकेट प्रदान गरेका थिए ।कार्कीले धरान रनले पत्रकारहरुलाई हौसला बढाएको भन्दै समाजले व्यावसायिक एवं योग्य व्यक्तिहरुको कदर हुने धारणा राखे । ‘समाजले पत्रकारलाई माया गरेर दिएको उपहार हो, यस्तो उपहार र सम्मान योग्य व्यावसायिक व्यक्तिले मात्रै पाउछ । समाजप्रतिको दायित्व निर्वाह गर्न अझै हौसला बढाउने काम भएको छ’–कार्कीले भने । कार्यकारी सम्पादक चाम्लिङले पुर्णङ्क साप्ताहिकले समन्वय मात्रै गरिदिएको बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे