सुनसरी उद्योग वाणिज्य संघको जिम्मेवारी बाँडफाँड


धरान । निवार्चित भएको दुई सातापछि सुनसरी उद्योग बाणिज्य संघले पदको जिम्मेवारी बाँडफाड गरेको छ । संघको आइतबार साँझ बसेको पहिलो बैठकले सदस्यहरुलाई पदीय जिम्मेवारी दिएको हो ।
बैठकले संघको प्रथम उपाध्यक्षमा विजय श्रेष्ठ, द्धितीय उपाध्यक्ष गिरीधारी सापकोटालाई चयन गरेको छ भने महासचिवमा शिवराज श्रेष्ठ र कोषाध्यक्ष राजेश अग्रवाललाई जिम्मेवारी दिएको छ । यस्तै, उद्योग सचिवमा महेन्द्र प्रधान, बाणिज्य सचिवमा मनोज श्रेष्ठ र प्रचार तथा संगठन सचिवमा उपेन्द्र चाम्लिङलाई सोही बैठकले जिम्मेवारी दिएको छ ।
सोही बैठकले राजेश अग्रवाल गोयल र अनिल अग्रवाल(प्रिन्स)लाई पनि संघको सदस्यमा मनोनित गरेको छ । अध्यक्षले २ जना सदस्य मनोनित गर्न पाउने विधानको प्रावधान अनुसार अध्यक्ष राजेन्द्र शाहले गोयल र अग्रवाललाई सदस्यमा मनोनित गरेका हुन् । मनोनित भएलगत्तै दुवै जनालाई सोही बैठकमा सपथ ग्रहण पनि गराइएको प्रचार तथा संगठन सचिव उपेन्द्र चाम्लिङले जानकारी दिए । उनका अनुसार विधानअनुसार थप २ जना सदस्य कार्यकारिणी समितिको आगामी बैठकबाट मनोनयन गरिनेछ । साथै, संघको सल्लाहकार समिति पनि आगामी बैठकबाट मनोनयन गरिने चाम्लिङले बताए । बैठकमा संघका निवर्तमान अध्यक्ष सरोज श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
गत बैशाख २७ गते भएको निर्वाचनबाट अध्यक्षमा शाह विजयी भएका थिए । संघको विधानअनुसार अध्यक्ष एक जना र बाँकी १७ जना सदस्यमा निवार्चित हुने प्रावधान छ भने थप २ जना अध्यक्षले र २ जना कार्यसमितिले मनोनयन गर्ने प्रावधान छ । निर्वाचनबाट संघको सदस्यमा नविन राजभण्डारी, मानबहादुर दियाली, सुभेच्छा अधिकारी श्रेष्ठ, किरणकुमार अग्रवाल, किसन मास्के र पियुसराज आचार्य निर्वाचित भएा थिए भने बिमला श्रेष्ठ उद्योगतर्फ महिलाबाट, दिपककुमार श्रेष्ठ बस्तुगततर्पm, अनिलकुमार अग्रवाल र सञ्जय अटल एशोसिएटबाट निर्विरोध चयन भएका थिए ।
यसैगरि, नेपाल सुनचादी कला व्यावसायी संघ जिल्ला शाखाले संघको नवनिवार्चित पदाधिकारीहरुलाई सोमबार एक समारोहबीच बधाई तथा अभिनन्दन गरेको छ । संघका अध्यक्ष प्रेम लकान्द्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं सांसद मिनबहादुर विश्वकर्माले उवा संघका भुपु अध्यक्षहरु सरोज श्रेष्ठ, गौरीशंकर अग्रवाल, अशोक ताम्राकार, खजाञ्चीदास अग्रवाल, पवन अग्रवाल, विजय डाँगा र मोहनकाजी शाक्यलाई अभिनन्दन पत्र प्रदान गरेका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे