१२ लाख फिर्ता गर्ने दुई युवतीको मित्रता
धरान । आफन्त–छरछिमेकमा उनीहरुको चर्चा निक्कै भयो । सामाजिक सञ्जालमा त झन् प्रसंशाको ओइरो । विभिन्न संघसंस्थाहरुको सम्मान थाप्न पनि भ्याइ नभ्याई भयो उनीहरुलाई । सन्दर्भ हो, बैशाख १६ गते राती सडकमा भेटाएको १२ लाख सम्बन्धित परिवारको खोजी गरेर बुझाउने दुई युवतीको ।
धरान १५ की २२ बर्षीय ज्योति राई र मोरङ उर्लाबारी ८ की २१ बर्षीय सुनिता राईले भेटेको १२ लाख रुपैया फर्काएको खबरलाई शुरुमा धेरैले पत्याउनै सकेनन् । कसैले झुटो खबर भने, त कसैले ऋण फिर्ता गरेको होला पनि भने । लोच लालच, भ्रष्ट, बेइमानी र स्वार्थीपनले जकडिएको नेपाली समाजलाई ‘बाटोमा भेटेको १२ लाख कसैले फर्काउला’ भनेर विश्वास गर्न गाह्रो भयो । तर, उनीहरुले बैशाख १८ गते पत्रकारहरुको माझमा सडक दुर्घटनामा ज्यान गुमाएका धरान १७ का ओमबहादुर गेलालको बुबाको हातमा १२ लाख रुपैया जिम्मा लगाएका थिए ।
सुनिता र ज्योतिलाई भने आफुहरुले त्यस्तो ठुलो काम गरेजस्तो पटक्कै लागेको छैन । उनीहरुलाई लाग्छ, जसको पैसा थियो, उसैको परिवारलाई बुझाइदिएको मात्र न हो । ‘उहाँहरुको पैसा हो, हामीले कसरी राख्ने ? भेटेदेखि नै फर्काउन पाए हुन्छ भन्ने थियो । ठुलो काम गरेजस्तो लाग्दैन’–नागरिकसँगको भेटमा सुनिताले भनिन् । त्यसो भनेर के गर्नु ? विश्वास हराइसकेको समाजको लागि त उनीहरु उदाहणीय पात्र अर्थात इमान्दरीताको ‘रोल मोडल’ बनिसकेका छन् । त्यसैले, आग्रह टार्न नसकेर अफ्ठ्यारो मान्दै भएपनि सम्मान थाप्न नगई धरै छैन ।
.......................................................................
ज्योतिको जन्मथलो भने खोटाङ जिल्ला हो । एसएलसी सकेर उनी उच्च शिक्षाको लागि खोटाङको बाहुनी डाँडाबाट सर्लाही झरिन् । गायन र मिडियामा पनि उनलाई रुचि थियो । प्लस टु अध्ययन गर्दा गर्दै उनले सर्लाहीको एकता एफएममा कार्यक्रम पनि चलाइन् । त्यसैबेला सञ्चारकर्मी उमा सिंहको हत्या भयो । उनले पनि सञ्चारक्षेत्र त्यागेर काठमाण्डौं पुगिन् । काठमाण्डांैमा गायनको आधारभुत शिक्षासँगै एक बर्ष साना बच्चाहरुलाई सिकाउने काम पनि गरिन् । गएको बर्ष बैशाखमा धरान १५ का रुपेश राईसँग बिहे भएर आएपछि ज्योति र सुनिता छिमेकी भए । तर, दुवैबीच ढिलो गरीमात्र मित्रता शुरु भयो । ढिलो साथी बनेपनि दुवै घनिष्ट भइसकेका छन् । एक अर्काको केही काम पर्दा वा बजार निस्कदा दुवै सँगै हिड्छन् ।
बैशाख १६ गते राती पनि इटहरीस्थित सुनिताकी फुपुको छोरीको बर्थ डे मनाएर दुवै जना स्कुटरमा घर फर्कदै थिए । विश्वकर्मा मन्दिर केही तल सडकमा मान्छेको भीड थियो । टेम्पो र मोटरसाइकल एकापसमा जुधेको थियो । स्कुटर रोकेर उनीहरु नजिकै पुगे । मोटरसाइकलको २ जना र टेम्पोको केही मान्छे घाइते अवस्थामा थिए । ती मध्ये पनि मोटरसाइकलका एक जना अलिअलि मात्र चलमलाउदै थियो । ती सिकिस्त घाइते ओमबहादुर गेलाल थिए । उनीहरु नजिक पुगेर बोलाउन खोजे, ती व्यक्ति बोल्नै सकेनन् । सडक किनारमा २ जना पाको व्यक्ति उभिएका थिए । उनीहरुले चिच्याए,–‘अंकल अन्तिम अवस्था जस्तो छ, चाडै हस्पिटल लैजाउ न ।’ टेम्पोका यात्रु उनीहरु पनि लाचार थिए । बल्ल एउटा भेन रोकियो ।
घाइतेहरुलाई उठाएर भेनमा हाल्दै गर्दा गेलालको साथबाट कालो ब्याग भुईमा खस्यो । ब्यागबाट ५ सय नोटको एउटा बिटा बाहिर निस्कियो । उनीहरुले पैसा र ब्याग उठाए । घाइते गेलालको मान्छे कोही छ कि भन्दै भेनमा सोधे । उनीहरु टेम्पोको घाइते रहेछन् । ति मान्छेले ‘ब्यागमा प्रमाण होला, आफन्तलाई भेटेर देऊ’ भने । भेन अस्पतालतिर हुइकियो । उनीहरु पनि घरतिर लागे ।
.............................................................................
भोलीपल्ट बिहानै ५ बजेतिर चारै जना बीपी प्रतिष्ठानको आकस्मिक कक्ष पुगे, तर मृतक गेलालको मान्छे भेट्न सकेनन् । पाख्रिनले धरान १७ स्थित उदय सामुदायिक वन समुहका अध्यक्ष मिन सुनुवारलाई सम्पर्क गरे । उनी गेलालको मलामी गएर चतराबाट फर्कदै थिए । छोराको मृत्युसँगै साथमा भएको लाखौं रुपैया नभेटिदा शोकमा डुबेको गेलाल परिवारलाई सुनुवारले नै राहत दिने खबर दिए । पाख्रिन र सुनुवारको समन्वयमा गेलाल परिवारसँग ज्योति र सुनिताको भेट भयो । घरमा पुगेर साँझमा उनीहरुले झोला जिम्मा लगाए । मृतक गेलालले १४ लाख झिकेकोमा २ लाख इटहरीमा बुझाएका रहेछन् । पैसा गन्दा ठ्याक्कै १२ लाख रुपैया थियो, एक रुपैया पनि फरक परेन । साथमा १ करोड ३२ लाख उल्लेख भएको पासबुक पनि बुझाइदिए । ‘लाखौं रुपैया आफुसँग राख्दा बहिनीहरुले असुक्षित महसुस गरेका थिए, सम्बन्धित परिवारले पैसा अपुरो छ भनेर बुझिदिएन भने के गर्ने भनेर पनि ज्योति र सुनितालाई त्यसबेला निक्कै तनाव थियो’–पाख्रिनले त्यसक्षण सम्झदै भने–‘पैसाबारे प्रहरीले अनुसन्धान गर्न लैजाला भनेर पनि डर थियो, तर जब सम्बन्धित परिवारलाई भेटेर पैसा बुझायौं, १ रुपैया पनि तलमाथि भएन । अनि ढुक्क भयौ ।’
......................................
शनिबार दिउँसोदेखि नै १२ लाख फिर्ता गरेको समाचार अनलाईनहरुमा आएपछि भाइरल बन्यो । ज्योति र सुनिताको चर्चा चुलियो । सामाजिक सञ्जालहरुमा प्रसंसाको ओइरो लाग्यो । बधाईसँगै कतिले त उनीहरुलाई पैसा फर्काएर गल्ती गर्यौं पनि भने । ‘म भए त दिन्नथे, बुद्धि नभएको केटीहरु, तिमीहरुको लाइफ बन्थ्यो भने । कसैले चोरेको होइन, लुटेको होइन भेटेको त हो नि, पाप लाग्दैनथ्यो पनि भने’–ज्योतिले भनिन्–‘कसैले चाहि पुलिसले थाह पाएपछि दिएको पनि भन्यो रे, तर हामीले एक सेकेण्ड पनि त्यस्तो सोचेनौं, ती दाईले कति मेहनत गरेर कमाएको होला, हामीले राखेको भए शान्तिले बस्न सक्ने थिएनौं ।’
पैसा फिर्ता गराउन समन्वयकर्ता भएका पाख्रिन ज्योति र सुनिताको निश्वार्थ भावनाको उच्च मुल्यांकन गर्नुपर्ने बताउछन् । सबैको भावना उनीहरुको जस्तो भइदिए सुन्दर समाज निर्माण हुने पाख्रिनको धारणा छ । ‘उनीहरुले जस्तै लोभ, लाचल, इष्र्य, डाहा त्याग्ने हो भने यो समाज साच्चै सुन्दर हुन्थ्यो, हामीले खोजेको जस्तै परिवर्तन हुन्थ्यो’–उनी भन्छन् ।
धरान १५ की २२ बर्षीय ज्योति राई र मोरङ उर्लाबारी ८ की २१ बर्षीय सुनिता राईले भेटेको १२ लाख रुपैया फर्काएको खबरलाई शुरुमा धेरैले पत्याउनै सकेनन् । कसैले झुटो खबर भने, त कसैले ऋण फिर्ता गरेको होला पनि भने । लोच लालच, भ्रष्ट, बेइमानी र स्वार्थीपनले जकडिएको नेपाली समाजलाई ‘बाटोमा भेटेको १२ लाख कसैले फर्काउला’ भनेर विश्वास गर्न गाह्रो भयो । तर, उनीहरुले बैशाख १८ गते पत्रकारहरुको माझमा सडक दुर्घटनामा ज्यान गुमाएका धरान १७ का ओमबहादुर गेलालको बुबाको हातमा १२ लाख रुपैया जिम्मा लगाएका थिए ।
सुनिता र ज्योतिलाई भने आफुहरुले त्यस्तो ठुलो काम गरेजस्तो पटक्कै लागेको छैन । उनीहरुलाई लाग्छ, जसको पैसा थियो, उसैको परिवारलाई बुझाइदिएको मात्र न हो । ‘उहाँहरुको पैसा हो, हामीले कसरी राख्ने ? भेटेदेखि नै फर्काउन पाए हुन्छ भन्ने थियो । ठुलो काम गरेजस्तो लाग्दैन’–नागरिकसँगको भेटमा सुनिताले भनिन् । त्यसो भनेर के गर्नु ? विश्वास हराइसकेको समाजको लागि त उनीहरु उदाहणीय पात्र अर्थात इमान्दरीताको ‘रोल मोडल’ बनिसकेका छन् । त्यसैले, आग्रह टार्न नसकेर अफ्ठ्यारो मान्दै भएपनि सम्मान थाप्न नगई धरै छैन ।
.......................................................................
छिमेकी भएर गाँसियो मित्रता
सुनिता र ज्योति दुवैबीच गहिरो मित्रता भएको झण्डै ६ महिना मात्र पुग्न लाग्यो । दुवै जना धरान १५ स्थित मामा चोकका छिमेकी हुन् । तरहरास्थित ब्राइट फ्युचर इंलिस बोर्डिङ स्कुलमा एकाउण्टेन्ट जागिरे सुनिताको खास घर मोरङको उर्लाबारी हो । माइली दिदी संगीता घरमा एक्लै भएपछि उनी २ बर्षअघि दिदीसँगै बस्न धरान आएकी हुन् । उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययनरत उनी बी.ए.तेस्रो बर्षको रिजल्टको पखाईमा छिन् ।ज्योतिको जन्मथलो भने खोटाङ जिल्ला हो । एसएलसी सकेर उनी उच्च शिक्षाको लागि खोटाङको बाहुनी डाँडाबाट सर्लाही झरिन् । गायन र मिडियामा पनि उनलाई रुचि थियो । प्लस टु अध्ययन गर्दा गर्दै उनले सर्लाहीको एकता एफएममा कार्यक्रम पनि चलाइन् । त्यसैबेला सञ्चारकर्मी उमा सिंहको हत्या भयो । उनले पनि सञ्चारक्षेत्र त्यागेर काठमाण्डौं पुगिन् । काठमाण्डांैमा गायनको आधारभुत शिक्षासँगै एक बर्ष साना बच्चाहरुलाई सिकाउने काम पनि गरिन् । गएको बर्ष बैशाखमा धरान १५ का रुपेश राईसँग बिहे भएर आएपछि ज्योति र सुनिता छिमेकी भए । तर, दुवैबीच ढिलो गरीमात्र मित्रता शुरु भयो । ढिलो साथी बनेपनि दुवै घनिष्ट भइसकेका छन् । एक अर्काको केही काम पर्दा वा बजार निस्कदा दुवै सँगै हिड्छन् ।
बैशाख १६ गते राती पनि इटहरीस्थित सुनिताकी फुपुको छोरीको बर्थ डे मनाएर दुवै जना स्कुटरमा घर फर्कदै थिए । विश्वकर्मा मन्दिर केही तल सडकमा मान्छेको भीड थियो । टेम्पो र मोटरसाइकल एकापसमा जुधेको थियो । स्कुटर रोकेर उनीहरु नजिकै पुगे । मोटरसाइकलको २ जना र टेम्पोको केही मान्छे घाइते अवस्थामा थिए । ती मध्ये पनि मोटरसाइकलका एक जना अलिअलि मात्र चलमलाउदै थियो । ती सिकिस्त घाइते ओमबहादुर गेलाल थिए । उनीहरु नजिक पुगेर बोलाउन खोजे, ती व्यक्ति बोल्नै सकेनन् । सडक किनारमा २ जना पाको व्यक्ति उभिएका थिए । उनीहरुले चिच्याए,–‘अंकल अन्तिम अवस्था जस्तो छ, चाडै हस्पिटल लैजाउ न ।’ टेम्पोका यात्रु उनीहरु पनि लाचार थिए । बल्ल एउटा भेन रोकियो ।
घाइतेहरुलाई उठाएर भेनमा हाल्दै गर्दा गेलालको साथबाट कालो ब्याग भुईमा खस्यो । ब्यागबाट ५ सय नोटको एउटा बिटा बाहिर निस्कियो । उनीहरुले पैसा र ब्याग उठाए । घाइते गेलालको मान्छे कोही छ कि भन्दै भेनमा सोधे । उनीहरु टेम्पोको घाइते रहेछन् । ति मान्छेले ‘ब्यागमा प्रमाण होला, आफन्तलाई भेटेर देऊ’ भने । भेन अस्पतालतिर हुइकियो । उनीहरु पनि घरतिर लागे ।
.............................................................................
‘रातभरि सुत्नै सकेनौ‘
घर पुगेपछि दुवैले सुनिताकी दिदी संगीतलाई घटनाबारे सुनाए । उनीहरुले झोला खोलेर हेरे, पैसाको बिटाले भरिएको । तीनै जना डराए । बाँझगरा सामुदायिक वन समुहका पुर्वअध्यक्ष टिका पाख्रिनको घर नजिकै थियो । उनीहरुले पाख्रिनलाई बोलाएर बेलीविस्तार सुनाए, र पैसा फिर्ता गराउन सहयोगको आग्रह गरे । पाख्रिन राती नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुगे । घाइते गेलालको देहान्त भइसकेको थियो । परिवारजनसँग भेट हुन सकेन । उनी घर फर्किए । पैसाको बिटा भएको ब्याग फर्काउन नपाएपछि उनीहरु रातभरि डरले सुत्नै सकेनन् । ब्यागमा कति पैसा छ भनेर गनेनन् पनि । ‘अरुकै पैसा हो, कति छ भन्ने पनि थाह थिएन । के गर्ने होला भनेर डरले रातभरि सुत्न सकेनौ’–ज्योतिले भनिन्–‘पैसा नबुझाउदासम्म पनि छटपटि भइरह्यो, खाना पनि खाएनौं ।’भोलीपल्ट बिहानै ५ बजेतिर चारै जना बीपी प्रतिष्ठानको आकस्मिक कक्ष पुगे, तर मृतक गेलालको मान्छे भेट्न सकेनन् । पाख्रिनले धरान १७ स्थित उदय सामुदायिक वन समुहका अध्यक्ष मिन सुनुवारलाई सम्पर्क गरे । उनी गेलालको मलामी गएर चतराबाट फर्कदै थिए । छोराको मृत्युसँगै साथमा भएको लाखौं रुपैया नभेटिदा शोकमा डुबेको गेलाल परिवारलाई सुनुवारले नै राहत दिने खबर दिए । पाख्रिन र सुनुवारको समन्वयमा गेलाल परिवारसँग ज्योति र सुनिताको भेट भयो । घरमा पुगेर साँझमा उनीहरुले झोला जिम्मा लगाए । मृतक गेलालले १४ लाख झिकेकोमा २ लाख इटहरीमा बुझाएका रहेछन् । पैसा गन्दा ठ्याक्कै १२ लाख रुपैया थियो, एक रुपैया पनि फरक परेन । साथमा १ करोड ३२ लाख उल्लेख भएको पासबुक पनि बुझाइदिए । ‘लाखौं रुपैया आफुसँग राख्दा बहिनीहरुले असुक्षित महसुस गरेका थिए, सम्बन्धित परिवारले पैसा अपुरो छ भनेर बुझिदिएन भने के गर्ने भनेर पनि ज्योति र सुनितालाई त्यसबेला निक्कै तनाव थियो’–पाख्रिनले त्यसक्षण सम्झदै भने–‘पैसाबारे प्रहरीले अनुसन्धान गर्न लैजाला भनेर पनि डर थियो, तर जब सम्बन्धित परिवारलाई भेटेर पैसा बुझायौं, १ रुपैया पनि तलमाथि भएन । अनि ढुक्क भयौ ।’
......................................
‘बुद्धि नभएको केटीहरु पनि भने’
अलपत्र परेको लाखौं रुपैया सुरक्षित बोकेर फकाउनु सामान्य घटना थिएन । शुक्रबार राती मृतक गेलालको अभिभावकलाई जिम्मा लगाउदै गर्दा केहीबाट सुझाव आयो, ‘यो त साह्रै राम्रो काम भयो, मिडियाबाट सार्वजनिक हुनुपर्छ । अरुको लागि उदाहरणीय हुन्छ ।’ शनिबार धरान १० स्थित सैनिक भवनमा पत्रकारहरुकै एउटा कार्यक्रम थियो । उक्त कार्यक्रम शुरु हुनुअघि औपचारिकरुपमा ज्योति र सुनिताले स्वर्गीय गेलालका बुबा दलबहादुरलाई १२ लाख हस्तान्तरण गरे । दलबहादुरले दुवैलाई मायाको चिनो दिए ।शनिबार दिउँसोदेखि नै १२ लाख फिर्ता गरेको समाचार अनलाईनहरुमा आएपछि भाइरल बन्यो । ज्योति र सुनिताको चर्चा चुलियो । सामाजिक सञ्जालहरुमा प्रसंसाको ओइरो लाग्यो । बधाईसँगै कतिले त उनीहरुलाई पैसा फर्काएर गल्ती गर्यौं पनि भने । ‘म भए त दिन्नथे, बुद्धि नभएको केटीहरु, तिमीहरुको लाइफ बन्थ्यो भने । कसैले चोरेको होइन, लुटेको होइन भेटेको त हो नि, पाप लाग्दैनथ्यो पनि भने’–ज्योतिले भनिन्–‘कसैले चाहि पुलिसले थाह पाएपछि दिएको पनि भन्यो रे, तर हामीले एक सेकेण्ड पनि त्यस्तो सोचेनौं, ती दाईले कति मेहनत गरेर कमाएको होला, हामीले राखेको भए शान्तिले बस्न सक्ने थिएनौं ।’
पैसा फिर्ता गराउन समन्वयकर्ता भएका पाख्रिन ज्योति र सुनिताको निश्वार्थ भावनाको उच्च मुल्यांकन गर्नुपर्ने बताउछन् । सबैको भावना उनीहरुको जस्तो भइदिए सुन्दर समाज निर्माण हुने पाख्रिनको धारणा छ । ‘उनीहरुले जस्तै लोभ, लाचल, इष्र्य, डाहा त्याग्ने हो भने यो समाज साच्चै सुन्दर हुन्थ्यो, हामीले खोजेको जस्तै परिवर्तन हुन्थ्यो’–उनी भन्छन् ।
Comments
Post a Comment