मलद्धारमा लागुऔषध लुकाएर ल्याउने ४ जना पक्राउ


धरान । पेन्टको बेल्ट लगाउने ठाउँ र मलद्धार भित्र लुकाएर राखेको लागुऔषधसहित धरानबाट ४ जना युवालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १३ का २२ बर्षीय विनोद लिम्बु, २१ बर्षीय विष्णु कार्की, २२ बर्षीय धिरज राई र धरान १६ का ३५ बर्षीय अजय राई छन् ।
उनीहरुलाई बिशेष सुराकीको आधारमा धरान १३ स्थित सुम्निमा चौकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । पक्राउ परेकाहरुबाट अवैध लागुऔषध लुपिजैसिक ५२ एम्पुल, एभिल ५२ एम्पुल र डाइजेलाव ५२ एम्पुल पनि वरामद भएको उनले बताए ।
शंकास्पद गतिविधि गरेको खबर आएपछि प्रहरीको टोली पुग्दा ती युवाहरु ट्वाइलेटमा पसेर मलद्धारबाट लागुऔषध निकाल्दै गरेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । ‘बिशेष सुचना पाएर प्रहरी टोली पुग्दा उनीहरु ट्वाइलेटमा पसेर मलद्धारबाट एम्पुल निकाल्दै रहेछन् । थप खानतलासी गर्दा पेन्टमा बेल्ट लगाउने ठाउँमा काटेर पनि लुकाएको फेला पर्यो’–डिएसपी खतिवडाले भने ।
प्रहरीका अनुसार ती युवाहरु आफै पनि लागुऔषध प्रयोगकर्ता हुन् भने कारोबारमा पनि संलग्छन् छन् । ती मध्ये धिरज यसअघि पनि पक्राउ परिसकेका पटके भएको प्रहरीले जनाएको छ । उनीहरुले जोगवनी नाका हुदै लागुऔषध धरान भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई अदालतबाट म्याद थपेर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालयले जनाएको  छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे