पर्यटक लोभ्याउदै अमाहा सिमसार(फोटोफिचर)
धरान । जैविक विविधता तथा सिमसार क्षेत्रको संरक्षणसँगै पर्या–पर्यटनको विकास गर्न सुनसरीको भरौल गाविसका बासिन्दाहरु कम्मर कसेर लागेका छन् । केही बर्षअघिसम्म लोप हुनै लागिसकेको ऐतिहासिक अमाहा पोखरीलाई पुर्नजीवन दिदै स्थानीयबासीहरुले अमाहा सिमसारको संरक्षण र पर्यटन विकासको लागि कस्सिएका हुन् ।
सिमसार संरक्षण र पर्या पर्यटन विकासको नेतृत्व भने अमाहा सामुदायिक वन उपभोक्ता समुहले गरेको छ । समुहमा भरौल ५, ६, १ र ९ वडाका एक हजार एक सय सत्र घरधुरी सदस्य छन् । समुहको नेतृत्वमा करिब २७ लाख लगानीमा स्थानीयले पुर्नजीवन दिएको अमाहा सिमसार बैशाख २२ गते उद्घाटन गरिएको थियो । सिमसार उद्घाटन अवसरमा वन समुहले शुक्रबारसम्म तीन दिन सिमसार क्षेत्रमा मेलासमेत आयोजना गर्यो ।
मेला त बहाना मात्र हो मान्छे जम्मा गर्ने, मुख्य उद्देश्य त अमाहा सिमसारको प्रचारप्रसार गर्नु थियो । ‘वनमा घाँस दाउरा, लकडीबाट गरेर मात्रै आम्दानी गर्ने होइन, यहाँको जलाधार क्षेत्रलाई सदुपयोग गरेर आन्तरिक पर्यटक भित्र्याउने र वन, स्थानीयको आयस्रोत बढाउने योजना हो’–अमाहा सामुदायिक वन समुहका अध्यक्ष भोजराज रिलि घलेले भने–‘सिमसारको उद्घाटन बुधबार गर्यांै, त्यसैलाई व्यापक प्रचारप्रसार गर्न तीन दिन मेला लगाएका हौं ।’ मेला घुम्न आएका सयौं आन्तरिक पर्यटकहरु सिमसार क्षेत्र घुम्न पुग्थे । सिमसारले पर्यटक लोभ्याएको देखेर वन समुहका पदाधिकारी र स्थानीयहरु निक्कै खुशी छन् ।
अध्यक्ष घलेका अनुसार जैविक विविधताको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्न गुरुयोजना तयार गरी अमाहा सिमसार संरक्षणको कार्य अघि बढाइएको हो । अमाहा वन समुहमा प्रशस्त पानी र पोखरी भएको जलाधार क्षेत्र पनि छ । त्यो पानीको सदुपयोग नहुदा मुल्यहिन भएर वगिरहेको थियो । त्यसैलाई सदुपयोग गर्दै पर्या पर्यटनको अवधारणा अघि सारेर घलेले मुर्तरुप दिएका हुन् । ‘यो सिमसारले भरौलकै पहिचान पनि गराउछ, पर्यटकहरु घुम्न आउन थालेपछि मान्छेहरुले सरसफाईमा ध्यान दिन्छन्, आर्थिक गतिविधि पनि बढ्छ’–उनले भने ।
अमाहा वन क्षेत्रको २ सय ३ हेक्टरमध्ये ५२ हेक्टर सिमसार खण्ड छ । त्यसमध्ये डेढ हेक्टरमा अमाहा पोखरी छ । वन समुहले एक महिना १३ दिन लगाएर अमाहा पोखरीलाई पर्यटकीय आर्कषणको स्वरुप दिएको हो । पोखरी बनाउन समुहका सदस्यहरुले श्रमदानसमेत गरेका थिए । कुल २६ लाख ८९ हजार १ सय १० रुपैया खर्च भएको अमाहा सिमसारमा जिल्ला वन कार्यालयबाट २ लाख र वन समुहले आफ्नो कोषबाट ३ लाख ९० हजार ६ सय लगानी गरेको छ । बाँकी रकम भने पदाधिकारी र स्थानीयबाट समुहले ऋण लिएको हो । डेढ हेक्टरको पोखरीमा अहिले २ वटा बोटिङको व्यवस्था छ । जसले घुम्न आउने पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । सिमसार क्षेत्रमा पोखरी तयार भएपछि विभिन्न प्रजातिका चराहरु विचरण गर्न आउन थालेको छ । सिमसार र जंगल क्षेत्रमा भएकोले घुम्न आउने पर्यटकहरुलाई प्रकृतिले पनि लोभ्याउछ ।
........................................................................................
पोखरीमा अमाहा जलदेवी रहेको विश्वास गर्दै स्थानीयबासी पुजाआजासमेत गर्छन् । यहाँ पुजा गर्दा मनोकामना पुरा हुने तर काम बनेपछि भाकल नपुराउदा अनिष्ट हुने जनविश्वास छ । स्थानीय वृद्ध शिरबहादुर गुरुङका अनुसार अमाहा पोखरीमा जुठो हात धुने मान्छेहरु रगत छादेर मर्ने गथ्र्यो । त्यसैले पोखरी आसपासमा दिशा, पिसाबसमेत गर्न बन्देज गरिएको थियो । तामाङ थरका स्थानीय एक धामीलाई सपनामा एक युवतीले उठ् हिड् भन्दै दुःख दिन थालेपछि उनैले पोखरीमा दैवीशक्ति भएको मेसो पाए । ती धामीले नै अमाहा देवी उतारेको र उनलाई सपनामा सताउन छोडेको गुरुङले बताए । ‘यो धेरै पुरानो पोखरी हो, पहिला यही पोखरीबाट भरौल गाविसभरि सिचाई हुन्थ्यो’–उनले भने–‘यहाँ दैवी शक्ति छ, यहाँ कामना गर्दा पुरा हुन्छ भन्ने हामीलाई विश्वास छ ।’
समुहले पोखरीको बीचमा टापु बनाएर देवीथान स्थापना गरेको छ । पाना आकारको टापुमा ठुलो सालको रुख छ । त्यही रुखको फेदमा देवीथान राखिएको छ । त्यहाँसम्म पुग्न बाँसको अस्थायी पुल बनाइएको छ । भाकल हुनेहरु घोडा फुल र वैगुन लगेर चढाउने गर्छन् ।
...................................................................
‘पोखरी वरीपरी ४ फुट दुरीमा बार लगाएर फुल रोप्छौं र गार्डेन बनाउछौं । बाहिर बस्ने फलैचा हुन्छ’–उनले योजना सुनाए–‘सिमसार क्षेत्रको संरक्षणलाई प्राथमिकता दिन्छौं ।’ उनका अनुसार सानो सुकुना पोखरीलाई व्यवस्थित गरिनेछ । तातो, मन तातो र चिसो पानी हुने यो पोखरीको बिशेषता हो । यस्तै, सर्दु खोलाले पुरेको आले चौरीस्थित पोखरीलाई पनि पुर्नजीवन दिइनेछ । यो पोखरी ८ सय मिटर लम्बाई र ४ सय मिटर चौडाईको रहेकोले मोटरबोट चलाउन पनि सकिने अध्यक्ष घलेले बताए ।
सिमसार संरक्षण र पर्या पर्यटन विकासको नेतृत्व भने अमाहा सामुदायिक वन उपभोक्ता समुहले गरेको छ । समुहमा भरौल ५, ६, १ र ९ वडाका एक हजार एक सय सत्र घरधुरी सदस्य छन् । समुहको नेतृत्वमा करिब २७ लाख लगानीमा स्थानीयले पुर्नजीवन दिएको अमाहा सिमसार बैशाख २२ गते उद्घाटन गरिएको थियो । सिमसार उद्घाटन अवसरमा वन समुहले शुक्रबारसम्म तीन दिन सिमसार क्षेत्रमा मेलासमेत आयोजना गर्यो ।
मेला त बहाना मात्र हो मान्छे जम्मा गर्ने, मुख्य उद्देश्य त अमाहा सिमसारको प्रचारप्रसार गर्नु थियो । ‘वनमा घाँस दाउरा, लकडीबाट गरेर मात्रै आम्दानी गर्ने होइन, यहाँको जलाधार क्षेत्रलाई सदुपयोग गरेर आन्तरिक पर्यटक भित्र्याउने र वन, स्थानीयको आयस्रोत बढाउने योजना हो’–अमाहा सामुदायिक वन समुहका अध्यक्ष भोजराज रिलि घलेले भने–‘सिमसारको उद्घाटन बुधबार गर्यांै, त्यसैलाई व्यापक प्रचारप्रसार गर्न तीन दिन मेला लगाएका हौं ।’ मेला घुम्न आएका सयौं आन्तरिक पर्यटकहरु सिमसार क्षेत्र घुम्न पुग्थे । सिमसारले पर्यटक लोभ्याएको देखेर वन समुहका पदाधिकारी र स्थानीयहरु निक्कै खुशी छन् ।
अध्यक्ष घलेका अनुसार जैविक विविधताको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्न गुरुयोजना तयार गरी अमाहा सिमसार संरक्षणको कार्य अघि बढाइएको हो । अमाहा वन समुहमा प्रशस्त पानी र पोखरी भएको जलाधार क्षेत्र पनि छ । त्यो पानीको सदुपयोग नहुदा मुल्यहिन भएर वगिरहेको थियो । त्यसैलाई सदुपयोग गर्दै पर्या पर्यटनको अवधारणा अघि सारेर घलेले मुर्तरुप दिएका हुन् । ‘यो सिमसारले भरौलकै पहिचान पनि गराउछ, पर्यटकहरु घुम्न आउन थालेपछि मान्छेहरुले सरसफाईमा ध्यान दिन्छन्, आर्थिक गतिविधि पनि बढ्छ’–उनले भने ।
अमाहा वन क्षेत्रको २ सय ३ हेक्टरमध्ये ५२ हेक्टर सिमसार खण्ड छ । त्यसमध्ये डेढ हेक्टरमा अमाहा पोखरी छ । वन समुहले एक महिना १३ दिन लगाएर अमाहा पोखरीलाई पर्यटकीय आर्कषणको स्वरुप दिएको हो । पोखरी बनाउन समुहका सदस्यहरुले श्रमदानसमेत गरेका थिए । कुल २६ लाख ८९ हजार १ सय १० रुपैया खर्च भएको अमाहा सिमसारमा जिल्ला वन कार्यालयबाट २ लाख र वन समुहले आफ्नो कोषबाट ३ लाख ९० हजार ६ सय लगानी गरेको छ । बाँकी रकम भने पदाधिकारी र स्थानीयबाट समुहले ऋण लिएको हो । डेढ हेक्टरको पोखरीमा अहिले २ वटा बोटिङको व्यवस्था छ । जसले घुम्न आउने पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । सिमसार क्षेत्रमा पोखरी तयार भएपछि विभिन्न प्रजातिका चराहरु विचरण गर्न आउन थालेको छ । सिमसार र जंगल क्षेत्रमा भएकोले घुम्न आउने पर्यटकहरुलाई प्रकृतिले पनि लोभ्याउछ ।
........................................................................................
ऐतिहासिक र धार्मिक महत्व
अमाहा सिमसार क्षेत्रको महत्व पर्या पर्यटनको दृष्टिकोणले मात्रै महत्वपुर्ण छैन । यसको ऐतिहासिक र धार्मिक महत्व पनि छ । उहिल्यै मान्छेले माटो बोकेर हात्तिलाई कुल्चन लगाएर ड्याम तयार गरी पोखरीको स्वरुप दिएको स्थानीय बताउछन् । पोखरीमा जुरो भएको, रंगीविरंगी सर्प पनि देखिने, सुनको लोटा, थाल बोटुका देखिे र पुनः लोप हुने गरेको जस्ता अमाहा पोखरीबारे अनेक किंवदन्तीहरु छन् ।पोखरीमा अमाहा जलदेवी रहेको विश्वास गर्दै स्थानीयबासी पुजाआजासमेत गर्छन् । यहाँ पुजा गर्दा मनोकामना पुरा हुने तर काम बनेपछि भाकल नपुराउदा अनिष्ट हुने जनविश्वास छ । स्थानीय वृद्ध शिरबहादुर गुरुङका अनुसार अमाहा पोखरीमा जुठो हात धुने मान्छेहरु रगत छादेर मर्ने गथ्र्यो । त्यसैले पोखरी आसपासमा दिशा, पिसाबसमेत गर्न बन्देज गरिएको थियो । तामाङ थरका स्थानीय एक धामीलाई सपनामा एक युवतीले उठ् हिड् भन्दै दुःख दिन थालेपछि उनैले पोखरीमा दैवीशक्ति भएको मेसो पाए । ती धामीले नै अमाहा देवी उतारेको र उनलाई सपनामा सताउन छोडेको गुरुङले बताए । ‘यो धेरै पुरानो पोखरी हो, पहिला यही पोखरीबाट भरौल गाविसभरि सिचाई हुन्थ्यो’–उनले भने–‘यहाँ दैवी शक्ति छ, यहाँ कामना गर्दा पुरा हुन्छ भन्ने हामीलाई विश्वास छ ।’
समुहले पोखरीको बीचमा टापु बनाएर देवीथान स्थापना गरेको छ । पाना आकारको टापुमा ठुलो सालको रुख छ । त्यही रुखको फेदमा देवीथान राखिएको छ । त्यहाँसम्म पुग्न बाँसको अस्थायी पुल बनाइएको छ । भाकल हुनेहरु घोडा फुल र वैगुन लगेर चढाउने गर्छन् ।
...................................................................
सिमसार संरक्षण र पर्यटन विकासको भावी योजना
पर्या–पर्यटन विकासको गुरुयोजना बनाएको वन समुहले अमाहा पोखरी र आसपासको वनक्षेत्रमा चिम्पाङ्जी, सालक, गोही र डल्फिनलगायत जीवजन्तुको मुर्ति राख्ने तयारी गरेको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न ड्राइ पिकनिक स्पट थपिनेछ भने १० हेक्टरमा बोटानिकल गार्डेन बनाइनेछ । देवीथान रहेको पाना आकारको टापुलाई पनि चिटिक्क सिंगारिनेछ । पोखरीमा माछा पालन गरेर पर्यटकलाई फिसिङको सुविधा थपिनेछ भने पोखरीमाथि एउटा झोलुङ्गे पुल पनि निर्माण गरिने समुहका अध्यक्ष घलेले जानकारी दिए ।‘पोखरी वरीपरी ४ फुट दुरीमा बार लगाएर फुल रोप्छौं र गार्डेन बनाउछौं । बाहिर बस्ने फलैचा हुन्छ’–उनले योजना सुनाए–‘सिमसार क्षेत्रको संरक्षणलाई प्राथमिकता दिन्छौं ।’ उनका अनुसार सानो सुकुना पोखरीलाई व्यवस्थित गरिनेछ । तातो, मन तातो र चिसो पानी हुने यो पोखरीको बिशेषता हो । यस्तै, सर्दु खोलाले पुरेको आले चौरीस्थित पोखरीलाई पनि पुर्नजीवन दिइनेछ । यो पोखरी ८ सय मिटर लम्बाई र ४ सय मिटर चौडाईको रहेकोले मोटरबोट चलाउन पनि सकिने अध्यक्ष घलेले बताए ।
Comments
Post a Comment