दिव्य रोशनीको बार्षिकोत्सवः पत्रकारसहित पाँच सम्मानित(फोटोफिचर)

धरान । पत्रकार महिला सम्पादक एवं प्रकाशक रहेको दिव्य रोशनी साप्ताहिक पत्रिकाले आफ्नो १२ औं बार्षिकोत्सवको अवसरमा तीन पत्रकारसहित पाँच जनालाई सम्मान गरेको छ । साप्ताहिकले बिहिबार कार्यालयरहेको भवनमा बार्षिकोत्सव मनाउदै तीन क्रियाशिल पत्रकार र दुई सामाजिक क्षेत्रका व्यक्तिलाई सम्मान गरेको हो ।
पत्रिकाले उत्कृष्ट सामाजिक पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका संवाददाता रोहित राई र विजयपुर एफएमकी सुम्निमा राई(चाम्लिङ)लाई सम्मान गरेको हो । कार्यक्रममा दुवैलाई नगद ५ हजार ५ सहित सम्मान पत्र प्रदान गरिएको थियो । यो सम्मान पत्रिकाकी सम्पादक–प्रकाशक मनिता चाम्लिङले आफ्नो स्वर्गीय पिता सार्जेन्ट प्रभुराम राईको स्मृतिमा स्थापना गरेकी हुन् । पत्रिकाले सृर्जनशील युवा पत्रकारिता पुरस्कारबाट मकालु टिभि तथा मर्निङ टाइम्सका दिनेश गजमेरलाई सम्मानित गर्यो । यो पुरस्कार सम्पादक राईले आफ्ना स्वर्गीय कान्छा दाजु वाजुन राईको स्मृतिमा स्थापना गरेकी हुन् । पत्रकार गजमेरले पनि नगद ५ हजार ५ सहित सम्मानपत्र पाए ।
यसैगरी, बार्षिकोत्सवकै अवसरमा पत्रिकाले नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाकी संस्थापक अध्यक्ष एवं समाजसेवी सरला कायस्थालाई ‘समाजसेवी महिला सम्मान’द्धारा सम्मानित गरेको थियो भने बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मालाई ‘सफल युवा व्यावसायी सम्मान’द्धारा सम्मानित गरिएको थियो । सम्मानित व्यक्ति एवं पुरस्कृत पत्रकारहरुलाई दिव्य रोशनीकी सम्पादक–प्रकाशक चाम्लिङ, प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, बिशेष अतिथि एवं गेसो आन्दोलनका अगुवा गजेन्द्र इस्पो, डिएसपी ढकेन्द्र खतिवडालगायतेल दोसल्ला, सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
महासंघका अध्यक्ष घिमिरेले सामाजिक सुशासन र जिम्मेवारीमा दिव्य रोशनी पत्रिका अग्रणी रहदै आएको उल्लेख गर्दै समाज रुपान्तरण र सुसुचित गर्ने अभियानमा स्थानीय पत्रपत्रिकाको महत्वपुर्ण भुमिका हुने बताए । ठुला मिडियाहरु आफ्नो एजेण्डा स्थापित गर्न मात्रै केन्द्रीत हुने गरेकोले राष्ट्रिय संकट र समाजका स्थानीय मुद्दालाई स्थानीय मिडियाले मात्रै उठाउने गरेको उनले बताए । गेसो आन्दोलनका अगुवा गजेन्द्र इस्पोले संकटकालको समयमा सबै मौन रहदा पत्रकारहरुले आवाज उठाएको उल्लेख गर्दै राष्ट्रको संकट र समाजका सबै पक्षको बारेमा सञ्चार क्षेत्रले आवाज उठाइदिनुपर्नेमा जोडदिए । सम्मानितकोतर्फबाट बोल्दै मानबहादुर विश्वकर्माले एक दशक बढी समय निरन्तर पत्रिका प्रकाशन गर्नु हिम्मतीलो काम भएको प्रसंसा गर्दै सम्मान पाउनेहरुलाई सामाजिक उत्तरदायित्व वह गर्न थप हौसला मिलेको बताए ।
पत्रिकाकी सम्पादक–प्रकाशक चाम्लिङले महिला पत्रकारहरु पलायन हुदै गएकोमा चिन्ता व्यक्त गर्दै पत्रकारितामा महिलालाई टिकाउन महासंघले ठोस योजना ल्याउन आग्रह गरिन् । समाजमा योगदान पुर्याउने व्यक्तिहरुलाई हौसलाको खाँचो हुने भएकोले आफुले सानो भएपनि सम्मान गरेको र अरुले पनि हौसला दिनुपर्ने बताइन् ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे