विरामीलाई राम्रो बोली र व्यावहार गर्न निर्देशन

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले विरामी तथा आफन्तजनबाट धेररै गुनासो आएको भन्दै प्रतिष्ठानका नर्सिङ कर्मचारीहरुलाई विरामीसँग राम्रो बोली र व्यावहार प्रर्दशन गर्न निर्देशन दिएका छन् ।
बिहिबार १९६ औं अन्र्तराष्ट्रिय नर्सिङ दिवस मनाउदै गर्दा प्रतिष्ठानका प्रतिष्ठानका उपकुलपति दासले नर्सहरुले यस्तो निर्देशन दिएका हुन् । उनले राम्रो काम गरेपनि विरामी र आफन्तजनबाट रुखो व्यावहार गर्ने गरेको गुनासोहरु आएको उल्लेख गर्दै मुस्कानसहितको नर्सिङ सेवा दिन पनि आग्रह गरे । ‘यहाँ नर्सिङ दिवस मनाइरहदा नर्सहरुको व्यावहारप्रति सर्वसाधारणको गुनासो छ, नर्सहरुले राम्रो बोली र व्यावहार नगरेको गुनासो छ । अबको दिनमा यस्तो व्यहावरमा सुधार होस । विरामीलाई राम्रो बोली, व्यावहार गर्नुस्’–उपकुलपति दासले भने–‘नर्सिङ पेशाको संस्थापक फ्लोरेन्स नाइटिङ्गलले देखाएको बाटोमा सेवाभावले समर्पित भई काम गर्नुस् ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सहरुले विरामी र तिनका आफन्तजनप्रति रुखो बोली र व्यवहार प्रर्दशन गर्ने गरेको आरोप लाग्दै आएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी र विरामीका आफन्तजनबीच बेला बेला तनाव पनि हुन्छ । उच्च पदाधिकारी एवं प्रशासनले स्वास्थ्यकर्मीहरुको बचाउ गर्दै आएका छन् । उपकुलपति दासले विरामीको राम्रो उपचार र हेरचाह गर्नु चिकित्सक, नर्सको कर्तव्य भएको स्मरणर गराउदै बोली र व्यावहारप्रति सर्वसाधारणले औला उठाउदा प्रतिष्ठानकै वदनामी हुने भएकोले सुधारेर जान आग्रह गरे । भविष्यमा विरामीसँग सुमधुर व्यवहार प्रर्दशन हुने उनले आशा व्यक्त गरे ।
नर्सिङ दिवसको अवसरमा प्रतिष्ठानको कलेज अफ नर्सिङ र नर्सिङ सेवाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको थियो । हरेक बर्ष मे १२ तारिख नर्सिङ सेवाको संस्थापक फ्लोरेन्स नाइटिंगलको जन्म दिन पारेर विश्वभर विविध कार्यक्रम गरी अन्तराष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउने गरिन्छ । यो वर्ष नर्सिङ दिवसको नारा ‘नर्स परिवर्तनको शक्तिः स्वास्थ्य प्रणालीको क्षमता सुधार’ दिइएको छ ।
जिओपिडी अघि औपचारिक कोणसभा हुनुअघि प्रतिष्ठानमा कार्यरत नर्स, शिक्षक, प्राध्यापक र अध्ययनरत नर्सिङ विद्यार्थीहरुले र्याली निकालेका थिए । प्रतिष्ठानबाट शुरु भएको र्यालीमा विभिन्न सन्देशमूलक प्ले कार्ड र व्यानरसमेत बोकिएको थियो । धरान बजार परिक्रमा गरी र्याली जिओपिडिमा कोणसभामा परिणत भएको थियो । कोण सभामा प्रतिष्ठानका उपकुलपति दास, शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. अरविन्दकुमार सिन्हा, नर्सिङ चीफ डा. रामशरण मेहता, मेट्रोन रमानान्द चौधरीलगायतले नर्सिङ सेवा र दिवसका बारेमा मन्तव्य राखेका थिए । नेपालमा नर्सिङ पेशामा १३ हजार ८ सय ३१ को संख्या रहेको छ । ती मध्ये प्रतिष्ठानमा मात्र ६ सय ३४ जना नर्सहरु कार्यरत रहेको प्रतिष्ठानकी नर्सिङ्ग अफिसर सुशन लामाले जानकारी दिइन् ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे