सकियो घुम्ती फोटो काठमाण्डौं


धरान । फोटोग्राफी एवं फोटो कथाप्रति सर्वसाधारण नागरिकलाई समेत रुचि जगाउदै तीन दिने घुम्ती फोटो प्रर्दशनी बिहिबार सकिएको छ । ट्राभलिङ फोटो काठमाण्डौं नाम दिइएको प्रर्दशनीबाट फोटोग्राफीमा रुचि राख्ने स्थानीय युवाहरुसमेत उत्साहित छन् । फोटोग्राफीमा रुचि रहेका यहाँका एक दर्जन युवाहरु ५ दिने आधारभुत फोटोग्राफी कार्यशालामा पनि सहभागी भएका थिए ।
उनीहरुले क्यामेरा चलाउने प्राविधिक ज्ञानसँगै फोटो कथाको पनि ज्ञान पाएकोले उत्साहित भएका हुन् । काठमाण्डौंको फोटो सर्कलको आयोजना र धराने फोटोग्राफीको स्थानीय व्यावस्थापनमा प्रर्दशनी र कार्यशाला भएको थियो । ‘हामी पोट्रेट र ल्याण्डस्केप फोटोग्राफी मात्रै धेरै गर्दो रहेछौं, यो प्रर्दशनीबाट फोटोग्राफीबाट हामी समाजका विभिन्न पक्षलाई कथाकोरुपमा पस्किन सक्दो रहेछौं भन्ने ज्ञान दिलायो’–धराने फोटोग्राफी टिमका सौजन श्रेष्ठले भने–‘मोफसलका फोटोग्राफरहरुको क्षमता वृद्धि गराउन फोटो सर्कलसँग निरन्तर समन्वय गछौं, यसले हामी जस्ता युवा फोटोग्राफरलाई धेरै अवसर दिलाउछ ।’
नेपालमा गत बर्ष पहिलो पटक अन्र्तराष्ट्रिय फोटो महोत्सव फोटो काठमाण्डौं ०७२ आयोजना भएको थियो । त्यही महोत्सवको घुम्ती संस्करणअन्र्तगत धरानमा मंगलबारदेखि तीन दिने प्रर्दशनी भएको थियो । फोग्राफीप्रति अभिरुचि जगाउने र विश्वभर चलीरहेको शैलीलाई नेपाली माझ देखाउने उद्देश्यले आयोजित घुम्ती फोटो कामाण्डौं यसअघि पोखरा, वीरगञ्ज र गोरखामा प्रर्दशनी भइसकेको थियो । ‘प्रर्दशनी धेरै राम्रो भयो, मानिसहरुले निक्कै रुचि दिएर फोटो हेरेर रमाए । फोटोले पनि स्टोरी दिनसक्छ भन्ने महसुस गराउनु नै महत्वपुर्ण पाटो हो’–आयोजक संस्था फोटो सर्कलका सह संस्थापक भुषण शिल्पकारले भने–‘चार ठाउँमा प्रर्दशनी गर्दा के बुझ्यौं भने फोटोग्राफीमा धेरै जना इच्छुक छ तर उनीहरु प्रकृति, ल्याण्डस्केप मात्रै खिच्छन्, उनीहरुलाई भिन्न तरिकाले फोटो कथा खिच्न सक्छौं र इस्यु उठाउन सक्छौ भन्ने बुझाउन सक्यौं ।’

उनका अनुसार पुराना सय बर्ष हाराहारीका फोटोहरुबाट धेरै जना प्रभावित भएका थिए भने फोटो कथाले पनि सबैको मन छोएको थियो । धरान उपमहानगरपालिकाले त आयोजकलाई धरानको पुरानो फोटोहरुको एउटा एल्वम उपलब्ध गराएको छ । यसलाई डिजिटलइज गरेर उपहानगरपालिकालाई फर्काउने शिल्पकारले बताए । साथै उनले स्थानीय फोटोग्राफरबाटै त्यहाँका मुद्दाहरुलाई उठान गराउने उद्देश्यले क्षमतावृद्धि गराउने तालिमहरुमा धरानका युवाहरुलाई पनि सहभागी गराउने बताए । ‘अवसरहरु काठमाण्डौंकाले मात्रै धेरै पाउछन्, हामी मोफसलका फोट्रोग्राफरहरुलाई पनि समेट्दै अवसर दिन्छौ, उहाँहरुलाई शिप दिएपनि आफ्नो ठाउँको मुद्दालाई मजाले फोटो कथामा समेट्न सक्नुहुन्छ’–शिल्पकारले भने ।
तीन दिने प्रर्दशनी धरान उपमहानगरपालिकाको परिसर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल कलेज गेटबाहिर शिवमार्गमा आयोजना भएको थियो । आयोजकका अनुसार धरानमा २ हजार ५ सय बढीले प्रत्यक्ष फोटो अवलोकन गरे । प्रर्दशनीमा श्यामश्वेत फोटोदेखि रंगीन फोटो कथा र स्टुडियो फोटोग्राफीको इतिहास पनि राखिएको थियो । प्रर्दशनीमा नेपाल र विदेशका चर्चित फोटोग्राफरहरुले खिचेका विभिन्न ७ वटा विधाको फोटो कथाहरु थिए । नेपालका अग्रणी फोटो पत्रकार विकास रौनियारले सन् १९९० को दशकमा खिचेको राजनैतिक, सामाजिक फोटो श्रृंखला, सुरेन्द्र लावतीले आफ्ना दिवंगत पिता पदमसुन्दर लावतीप्रति समर्पित फोटो श्रृंखला, नेपालको फोटो स्टुडियोको इतिहास र फिनिश फोटोग्राफर टुओमो मन्निनेन्लेले सन् १९९० को दशकमा खिचेको नेपाली व्यावसायीहरुको सामुहिक फोटोहरुको रोचक श्रृंखला समेटिएको थियो । यस्तै, किशोर शर्माको राउटेहरुबारे अभिलेखात्मक फोटा श्रृंखला र प्रसित स्थापितको नेपाल–भारतबीच विवादित भुमी सुस्ताबारेको फोटो कथा पनि सर्वसाधारणले अवलोकन गर्न पाएका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे