धरानमा १९७४ ए.डि.को लाइभ कन्सर्ट(फोटोफिचर)


धरान । नेपालको चर्चित ब्याण्ड १९९४ ए.डि. ले शुक्रबार राती धराने युवायुवतीहरुलाई गीत, संगीतको तालमा झुलायो । सिल्भर इन्टरटेनमेन्टले पब्लिक उच्चमाविको मैदानमा फुल भोल्युम लाइभ कन्सर्टमा चर्चित ब्याण्डलाई प्रस्तुत गरेको थियो ।
लामो समयपछि राती आयोजना भएको कन्सर्टमा धराने युवायुवतीहरुले भरपुर मनोरञ्जन लिएका थिए । धरानमा भव्यरुपमा लाइभ कन्सर्ट नभएको पनि झण्डै ३ बर्ष बितिसकेको थियो । पछिल्लो कन्सर्टहरु दिउसो मात्र हुदै आएको थियो । यसकारणले पनि शुक्रबारको लाइभ कन्सर्टमा युवायुवतीहरु खुब नाचेर, हुटिङ गरेर रमाए । ब्याण्डका नयाँ भोकलिष्ट रोहित जंग क्षेत्री र उनलाई साथ दिएका प्रज्वल मुखियाले धरानेहरुको मन जिते ।
साँझको बेला बोलको गीतबाट शुरु भएको प्रस्तुती एकपछि अर्को बजोडको भएको थियो । उनीहरुले सुनाई देउ उसलाई, म तिमै्र हुँ, छुदैन तिम्रो मायाले, तिमीलाई पिरतीले बाधौला, चौबन्दी चोली र फुलबुट्टे सारीमा, गुरासै फुल्यो, मायालुले, जति माया लाएपनि, धेरै धरै आउछ मनमा जस्ता दर्जन बढी चर्चित गीतहरु गाए । अन्त्यमा यो मन त मेरो नेपाली हो..बोलको गीत गाएर ब्याण्डले आफ्नो प्रस्तुतीको विट मारेका थिए । यो गीत गाइरहदा युवाहरुले राष्ट्रिय झण्डा फहराए । १९७४ ए.डि.ब्याण्ड अघि स्थानीय वकिङ क्लाउड ब्याण्डले पनि आधा दर्जन बढी गीतहरु गाएको थियो ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे