एमाले नगर अधिवेशनः तारा सुब्बाको अध्यक्षतामा नयाँ कमिटि निवार्चित

धरान । नेकपा एमाले धरान उपमहानगर बिशेष इलाका कमिटिमा तारा सुब्बाको अध्यक्षतामा नयाँ कमिटि निर्वाचित भएको छ । शुक्रबारदेखि जारी ७ औं नगरअधिवेशनले ६१ सदस्यीय कमिटि चयन गरेको हो । नयाँ कमिटिमा पदाधिकारी र सदस्यमा समेत एमाले नेता माधवकुमार नेपाल पक्षको वर्चश्व छ ।
अध्यक्षमा तारा सुब्बाले ३०५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी किसोरकुमार कार्कीले ५९ मत पाए । अध्यक्षमा विजयी सुब्बाले यसअघि पनि २ कार्यकाल कमिटिको नेतृत्व गरिसकेका थिए । पराजित कार्की मदन भण्डारी फाउण्डेशनका सुनसरी जिल्ला सचिव हुन् । ब्लाष्ट टाइम्सका सम्पादक प्रकाशक उनी ओली पक्षका हुन् । उपाध्यक्षमा नारायण सुवेदीले २९७ मत पाउदै विजयी भए । उनी यसअघि पनि उपाध्यक्ष नै थिए । उनका प्रतिद्धन्दी हर्कजंग एभेङले ५७ मत मात्रै पाए । सचिवमा भने राजमणी निरौला निर्विरोध निर्वाचित भए ।
सचिवमा उम्मेद्वारी दिएका ऋर्षिराज राईले मतदान प्रक्रिया शुरु हुनुअघि उम्मेद्वारी फिर्ता लिएपनि निरौला निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि सचिव पदमा नै थिए । उपसचिवमा धनप्रसाद राईले २८० मत ल्याउदै विजयी भए । उनी पनि यसअघि सोही पदमा थिए । उनका प्रतिद्धन्दी गोपीकृष्ण खतिवडाले ७६ मत मात्रै ल्याए ।
यसैगरि, खुला सदस्यतर्फको मतदानबाट योगेशबाबु काफ्ले(२६५ मत), दिवस वान्तवा राई(२३२ मत), देवहाङ राई(२२९ मत), केशव श्रेष्ठ(२२८ मत), सन्तोष कोइराला(२२३ मत), राजेन्द्र राई(२१६ मत), रतन लिम्बु(१९१ मत), हिमाल लिम्बु(१८८ मत) र सोमबहादुर परियार(१८५ मत) ल्याएर विजयी भए । खुला तर्फ ९ जना सदस्यको कोटामा २९ जनाको उम्मेदवारी परेको थियो । यस्तै, भुगोलतर्फ वडा २३ मा भएको मतदानमा हेमराज सुवेदी ३०४ मत र विश्वराज कार्की २३० मत ल्याउदै विजयी भए ।
महिला सदस्यतर्फ प्रर्मिला मेन्याङ्बो(२९० मत), सुजता राई(२८५ मत), रञ्जु भण्डारी(२८२ मत), उषा सुब्बा(२७१ मत),लक्ष्मी ढुंगाना(२६७ मत), गीता राई(२६७ मत), यशोदा कायस्थ(२६६ मत), कमला श्रेष्ठ(२५१ मत), गणेशकुमारी राई(२३८ मत), लीला राई(२३८ मत), दुर्गा विक(२२६) र इन्दीरा पोख्रेल(२१९ मत) विजयी भए ।  तीन जनाको दलित सदस्य कोटामा रचना नेपाली, किसोर परियार र भिमबहादुर लामिछाने निर्विरोध निर्वाचित भएका छन् भने आदिबासी जनजातितर्फको सदस्य कोटामा ङावा लप्टु शेर्पा पनि निर्विरोध निवार्चित भए । धरान १५ स्थित शिक्षा सदन उमाविमा भएको मतदानमा कुल ३ सय ९३ मतदाता प्रतिनिधिमध्ये ३ सय ७७ मत खसेको थियो । भुगोलबाट चयन हुने सदस्यमा वडा २३ बाहेक सबैमा सर्वसम्मत निर्वाचित भएका छन्।

                                                भुगोलबाट सर्वसम्मत चयन

सर्वसम्मत सदस्य चयन भएका वडाहरुमा वडा १ बाट उद्धव श्रेष्ठ, वडा २ बाट कैलास अग्रवाल, वडा ३ बाट विकास कुमार वनेपाली, वडा ४ बाट भरत सुवेदी, वडा ५ बाट ब्रह्मज्ञ भटराई, वडा ६ बाट विकास भुजेल, वडा ७ बाट ठाकुरबहादुर कार्की, वडा ८ बाट रुद्रबहादुर लिम्बु र शेरबहादुर परियार सर्वसम्मत चयन भएका हुन् । यसैगरि, वडा ९ बाट कुमार कटवाल, वडा १० बाट कृष्णकुमार राई, वडा ११ बाट सुसिल सुवेदी र विरबहादुर सुन्दास, वडा १२ बाट कुमार तामाङ, वडा १३ बाट कृष्णकुमार लावती, वडा १४ बाट झलकबहादुर श्रेष्ठ र गिरीराज खतिवडा, वडा १५ बाट गणेशबहादुर प्रधान, वकशमान गुरुङ र टंक तामाङ, वडा १६ बाट दिनाप्रसाद उपाध्याय र घनश्याम बुढाथोकी, वडा १७ बाट सुभाष राई र नकुल वराइली, वडा १८ बाट बालकृष्ण राई, वडा १९ बाट राजकुमार राई(तिलक), वडा २० र २१ बाट तुफानकुमार मगर, वडा २२ बाट सुभचन्द्र राई, २४ नम्बर शाखाबाट खडगप्रसाद शर्मा र २५ नम्बर शाखाबाट लक्ष्मी बाँनिया सदस्य पदमा सर्वसम्मत छानिएका छन् ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे